बिहीबार, वैशाख १३, २०८१

शुक्र ग्रहको राशि परिवर्तन, कुन राशिमा कस्तो प्रभाव ?

नेपालखोज २०७९ मंसिर २१ गते ५:००

ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई शुभ र फलदायी ग्रह मानिएको छ । शुक्र ग्रह हिजो डिसेम्बर ५ ( मङ्सिर १९ ) देखि मङ्गल राशी छोडेर धनु राशिमा प्रवेश गरेकाछन् । शुक्र त्यहाँ यही डिसेम्बर २९ ( पुस १४ )सम्म रहनेछन् । शुक्र ग्रहले जीवनलाई सांसारिक सुख एवं भौतिक सुखसुविधा प्रदान गर्छन् । शुक्र ग्रह कै कारण दाम्पत्य जीवनमा प्रेम, सफलता तथा सुख प्राप्त हुन्छ ।

हेरौं शुक्र ग्रहको यो स्थान परिवर्तनले कुन राशिमा कस्तो पर्नेछ ?

मेष – लक्ष्य पूरा हुनेछ भने काममा सफलता मिल्नेछ । सुख-सुविधाले भरिएको आध्यात्मिक यात्राको शृङ्खला सुरु हुन सक्छ ।

वृष– आम्दानीका नयाँ श्रोतहरु खुल्ने हुँदा आर्थिक पक्ष सुदृढ हुनेछ । सवारी साधन वा कुनै आवश्यक वस्तु खरिद हुन सक्छ । भौतिक सुखमा वृद्धि हुनेछ । वरिष्ठहरूबाट कामको प्रशंसा हुनेछ ।

मिथुन – वैदेशिक रोजगारी वा उच्च शिक्षाको मनोकामना पूरा हुनेछ । आफ्नो जीवनसाथीसँगको विवादलाई अगाडि नबढाउनुहोस्, अन्यथा सम्बन्धको बन्धन कमजोर हुनेछ ।

कर्कट – नयाँ सम्पत्ति किन्न वा बेच्न लाग्नु भएको छ भने केही समय पर्खनुहोस्, अन्यथा नोक्सान हुन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला ।

सिंह – नयाँ व्यक्तिको सम्पर्कमा आउने, विभिन्न क्षेत्रबाट लाभ हुने योग छ। व्यापार व्यावसायमा संलग्न व्यक्तिले प्रगति गर्न सक्नेछन् । जीवनसाथि तथा व्यापार – ब्यबसायका साझेदारहरु सँग तनावको स्थितिबाट जोगिनुहोस् । कन्या – घरजग्गा वा सम्पत्तिमा लगानी गर्दा अपेक्षित लाभ मिल्नेछ, जसले तपाईंको आर्थिक स्थिति सुदृढ हुनेछ । मालिक वा हाकिमहरु तपाईको कामबाट खुसी हुनेछन् ।

तुला – आलस्य छोडेर मेहनत गरे मात्र सफलता हात लाग्नेछ । मधुमेह वा रक्तचापका बिरामीले विशेष साबधानि अपनाउनु ह‍ोला ।

वृश्चिक – मेहनत एवं समर्पणको बलमा समाजमा नयाँ पहिचान बन्नेछ । साथीसँग साझेदारीमा व्यापार गर्ने प्रस्ताव प्राप्त गर्न सकिन्छ ।

धनु – भुटेका चीजहरू नखानुहोस् अन्यथा पेटसँग सम्बन्धित समस्या सृजना हुन सक्छ। सहकर्मीहरूसँग होसियार रहनुहोस् , उनीहरूको स्वभावमा कठोरता देखापर्नेछ ।

मकर – विद्यार्थीहरूले प्रयास अनुरुप सफलता प्राप्त गर्नेछन् भने आगामी समय फलदायी साबित हुनेछ । उच्च शिक्षा तथा बहुराष्ट्रिय कम्पनीको कामको सिलसिलामा विदेश जान सकिन्छ ।

कुम्भ – व्यवसायीलाई अचानक उधारोको धन प्राप्ति हुनेछ । सामाजिक कार्यमा सक्रिय सहभागिताले प्रभावशाली छवि सिर्जना गर्नेछ, जसको माध्यमबाट तपाईं मानिसहरूको सम्पर्कमा आउनुहुनेछ ।

मीन – चुनौतीको सामना गर्नुपर्नेछ यद्यपि परिणाम फलदायी पनि हुनेछ । व्यापार विस्तारका लागि समय प्रभावकारी साबित हुन सक्छ ।

प्रतिक्रिया