बिहीबार, वैशाख २७, २०८१

मोरक्को पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा

नेपालखोज २०७९ मंसिर २१ गते ७:३५

काठमाडाैं । सन् २०१० को च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । स्पेनमाथि ऐतिहासिक जित निकाल्ने क्रममा मोरक्को छैटौँ प्रयासमा क्वाटरफाइनलमा पुगेको हो। मोरक्कोले ३६ वर्षपछि नकआउट चरण पार गर्न सफल भएको हो ।

मंगलबार राति दोहास्थित एजुकेशन सिटी स्टेडियममा भएको खेलमा स्पेनसँगको पेनाल्टी सुटआउटमा ३–० ले विजयी हुँदा मोरक्को पहिलो पटक क्वार्टरफाइनल पुगेको हो । पेनाल्टी सुटआउटमा स्पेनका पाब्लो सराविया, कार्लोस सोलर तथा सर्जियो बुस्केट्सको प्रहार विफल भएको थियो । २०१० को बिश्व कप बिजेता स्पेनले मोरक्कोविरुद्ध खेलमा एकतर्फी रुपमा बल आफ्नो पक्षमा राखे पनि गोल भने गर्न सकेन ।

खेलमा मोरक्कोले पनि केही राम्रो मुभ बनाए पनि स्कोर भने गर्न सकेन्। निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो। मोरक्को १९९४ पछि पहिलो पटक नकआउट चरणमा पुगेको थियो ।

सन् १९७० को विश्वकपमा पहिलो पटक सहभागी भएको मोरक्कोले दोस्रो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएको थियो । पहिलो सहभागितामा समुह चरणमा सिमित भएको मोरक्को त्यसपछिका ३ वटा संस्करणमा छनोट हुन सकेन । १९८६ मा अन्तिम १६ मा पुगेको मोरक्को त्यसयता २०२२ मा पहिलो पटक नकआउट चरणमा पुगेको हो । अब बिजेता मोरक्कोले मंसिर २८ गते बुधबार हुने सेमिफाइनलमा पोर्चुगल सामना गर्नेछ ।

प्रतिक्रिया