शनिबार, वैशाख १५, २०८१

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०७९ मंसिर २१ गते १०:५६

काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेकाे छ । छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । साेमबार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेकाे छ । तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे पनि तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा नै काराेबार भएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको भाउ पनि स्थिर रहेकाे छ । चाँदी आज प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया