राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस

नेपालखोज २०७९ मंसिर २१ गते १७:४८

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिक्रिया