मंगलबार, असार १७, २०८२

चिसो मौसममा फुटेको कुर्कुच्चाबाट छुटकारा

नेपालखोज २०७९ मंसिर २२ गते ८:४९

काठमाडाैं । चिसो मौसममा कुर्कुच्चा फुट्ने समस्याबाट छुटकारा पाउन केही घरेलु उपाय अपनाएर त्यसलाई नरम बनाउन सकिन्छ। चिसो मौसममा अनुहार मात्र होइन पुरै शरीर सुख्खा हुन्छ भने जाडोमा कुर्कुच्चा फुट्ने जस्ता समस्याको समेत सामना गर्नुपर्ने हुन्छ ।

कुर्कुच्चा फुट्ने समस्या विशेष गरी महिला तथा केही पुरुषमा देखिन्छ। कतिपय अवस्थामा यो हुन्छ पीडा र हिंड्न कठिन हुने समस्याको कारक पनि बन्छ। यस्तो अवस्थामा केही घरेलु उपाय अपनाएर कुर्कुच्चाको समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ । फुटेको कुर्कुच्चाबाट छुटकारा पाउन स्क्रबिङ गर्नु पर्छ, जसमा चिनी, मह र कागती प्रयोग हुन्छ। यसबाट डेड सेलहरू सजिलै हट्छन्।

यसबाहेक, मैनको मद्दतले पनि फुटेका कुर्कुच्चाबाट छुटकारा पाउन सकिन्छ । राती तोरीको तेल र मैनबत्ती पगालेर फुटेको कुर्कुच्चामा लगाएर मोजा लगाएर सुत्ने अनि बिहान उठेर सफा गर्ने । यो उपाय लगातार दुई हप्तासम्म प्रयोग गरे खुट्टा फुट्ने समस्याबाट छुटकारा मिल्छ। यसका लागि भ्यासलिन पनि प्रयोग गर्न सकिन्छ किनभने यो निकै प्रभावकारी साबित हुन्छ।

प्रतिक्रिया