बिहीबार, वैशाख १३, २०८१

सन् २०२२ मा जसले लिए डिभोर्स

नेपालखोज २०७९ मंसिर २२ गते ११:१०

काठमाडौं । बलिउड इन्डस्ट्रीमा सम्बन्ध टुट्न धेरै समय लाग्दैन। सेलेब्सहरु चाँडै बिबाह बन्धनमा बाँधिन्छन् र चाँडै नै आफ्नो वैवाहिक सम्बन्ध कायम राख्न पनि असफल हुन्छन् ।आज हामी तिनकै बारेमा कुरा गर्दैछौं जसको सम्बन्ध २०२२ मा विच्छेद भएको छ ।

योयो हनी सिंह : यो सुचिको पहिलो नाम हो, चर्चित र्याप गायक योयो हनी सिंह । हनी सिंहकी पत्नी शालिनी तलवारले पति हनी बिरुद्ध घरेलु हिंसाको आरोप लगाइन र पछि दुवै आधिकारिक रूपमा एकअर्काबाट अलग भए । रिपोर्ट अनुसार हनी सिंहले पारपाचुके बापत शालिनीलाई १ करोड भारु तिरेका थिए ।

धनुष : साउथका सुपरस्टार धनुष पनि यहि वर्ष आफ्नी श्रीमतीसँग औपचारिक रुपमा अलग भएका छन् । धनुषले आफु र आफ्नी श्रीमती ऐश्वर्या अलग हुन चाहेको घोषणा गरेका थिए ।

सोहेल खान : बलिउड स्टार सलमान खानका अभिनेता भाइ सोहेल खानले आफ्नी श्रीमती सीमासँग प्रेम विवाह गरेका थिए भने उनीहरुको २४ वर्ष पुरानो सम्बन्ध सन् २०२२ मै टुंगीयो ।

इमरान खान : आमिर खानका भतिजा बलिउड अभिनेता इमरान खान पनि यहि वर्ष आफ्नी श्रीमतीसँग अलग भए । उनले श्रीमती अवंतिकासँग अलग हुने निर्णय गरेका हुन् जुन उनिहरुको प्रेम बिबाह थियो ।

करण मेहरा : टिभि उद्योगका चर्चित अभिनेता करण मेहरा तथा उनकी श्रीमती निशा रावलले यहि वर्ष एकअर्काबाट अलग हुने निर्णय गरे । निशा र करणले एकअर्का विरुद्ध घरेलु हिंसा तथा कुटपिट जस्ता गम्भीर आरोप लगाएका थिए ।

प्रतिक्रिया