शुक्रबार, वैशाख १४, २०८१

सुनको मूल्य ४ सयले बढ्यो

नेपालखोज २०७९ मंसिर २२ गते १२:५१

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सयले रूपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार सात सय रूपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार दुई सय रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार आठ सय रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १० ले बढेर रु एक हजार तीन सय ६०रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया