संसारका सबैभन्दा महँगा शहर

काठमाडौं । विश्वभर मुद्रास्फीति बढिरहेको छ र पछिल्लो एक वर्षमा १७२ देशका प्रमुख सहरमा ८.१ प्रतिशतका दरले मूल्यवृद्धि भएको छ । यस्तो अवस्थामा विश्वका सबैभन्दा महँगा र सस्ता सहर कुन-कुन हुन त ?
सबैभन्दा महँगो शहर
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले विस्तृत अध्ययनपछि सबैभन्दा महँगो र सस्तो सहरको सूची सार्वजनिक गरेको छ । न्यूयोर्क र सिंगापुर संयुक्त रूपमा विश्वकै सबैभन्दा महँगा सहर हुन । गत वर्ष तेल अवीव यही स्थानमा थियो, जुन अहिले तेस्रो नम्बरमा पुगेको छ ।
शीर्ष ५ मा अरु को ?
चीनको हङकङ तथा अमेरिकाको लस एन्जलस विश्वको चौथो महँगा सहर मानिन्छन् । यो सूचीमा स्विजरल्याण्डका दुई वटा सहर छन् । छैटौं नम्बरमा जुरिच र सातौं नम्बरमा जेनेभा छ । अमेरिकाको सान फ्रान्सिस्को गत वर्ष २४ औं नम्बरमा थियो, जुन अहिले आठौं नम्बरमा आएको छ । अष्ट्रेलियाको सिड्नी पनि १० नम्बरमा छ । यसअघि सिड्नी शीर्ष १० मा थिएन।
सस्तो शहर
सिरियाको दमास्कस र लिबियाको त्रिपोलीलाई विश्वकै सस्तो सहर मानिन्छ । भारतका तीन वटा शहर पनि सस्तो सहरमा परेका छन् । कोलम्बो र अल्जियर्ससँगै बैंगलोर सस्तो सहरक १० नम्बरमा छ । चेन्नई नवौं तथा अहमदाबाद आठौं नम्बरमा छन भने पाकिस्तानको कराँची विश्वको छैटौं सस्तो सहर हो।
प्रतिक्रिया