शनिबार, वैशाख १५, २०८१

भारतले बनाउँदैछ आणविक रकेट इन्जिन

नेपालखोज २०८० पुष १६ गते ८:२०

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले परमाणु इन्धनबाट चल्ने रकेट निर्माण गर्दैछ । उक्त रकेटको सुरुआती डिजाइन पनि सार्वजनिक भएको छ ।

यदि आगामी केही वर्षमा उक्त आणविक इन्धनयुक्त इन्जिनबाट चल्ने रकेट निर्माण सफल भएमा भारतले कुनै पनि ग्रहमा कमभन्दा कम समयमा अन्तरिक्षयान उतार्न सक्नेछ ।

न्युक्लियर रकेटको विकाससँगै भविष्यमा चन्द्रमा तथा मंगल ग्रहमा जाने यानमा रहेका अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्किनका लागि कुनै समस्या हुनेछैन । अर्थात् इन्धनको चिन्ता रहने छैन ।

परमाणु इन्धनबाट चल्ने रकेट सौर्यमण्डल बाहिरका सबै मिसनका लागि समेत निकै उपयोगी सावित हुनेछ । किनकि यस्तो खालका डिपस्पेस मिसनका लागि चाहिने ठूलो परिमाणको तथा निरन्तर ऊर्जाका लागि आणविक इन्धनयुक्त इन्जिन भएका रकेटहरु आवश्यक हुन्छन् ।

समाचार अनुसार इसरो र भाभा एटमिक रिसर्च सेन्टरले रेडियो थर्मोइलेक्ट्रिक जेनेरेटरको विकास गरिरहेका छन् ।

अहिलेसम्म रकेट तथा स्याटेलाइटमा रासायनिक इन्जिन प्रयोग गरिन्छ । तर यदि तपाईंलाई कुनै ग्रहमा जानु र त्यहाँबाट फर्किनुपनि पर्नेछ भने रासायनिक इन्जिन कमजोर सावित हुनेछ । किनकि त्यसमा निकै धेरै इन्धन खर्च हुन्छ ।

यदि परमाणु ऊर्जाबाट चल्ने रकेट भएमा सौर्य मण्डल बाहिरका खगोलीय खोजहरुका लागि समेत रकेटहरु पठाउन सकिनेछ ।

साथै मंगल ग्रहमा अन्तरिक्षयात्रीहरु पठाएर छिट्टै त्यहाँ अवतरण गराउने र पृथ्वीमा फिर्ता ल्याउन पनि समभव हुनेछ ।

न्युक्लियर इन्जिनवाला रकेट आम न्युक्लियर इन्जिनभन्दा फरक हुनेछ । यी बिजुली उत्पादन गर्ने परमाणु इन्जिनजस्तो हुनेछैन । यसमा आणविक विच्छेदन प्रक्रिया हुनेछैन र आरटिजीमा रेडियोधर्मी पदार्थको प्रयोग गरिनेछ । जब प्लुटोनियम २३८ वा स्ट्रोन्टियम ९० जस्ता रेडियोधर्मी पदार्थ मभअबथ हुुन्छन् तब त्यसबाट ठूलो परिमाणमा ताप उत्पन्न हुन्छ ।

यस्ता इन्जिनमा दुईवटा प्रमुख भाग हुनेछन् । पहिलो हिस्सामा रेडियोधर्मी पदार्थको रिडियो आइसोटोपलाई हिटर युनिटमा तताइनेछ । त्यसपछि आरटिजी खण्ड हुन्छ । त्यसमा तापलाई विद्युतमा बदलिन्छ । तत् पश्चात् तापलाई थर्मोकपलमा पठाइन्छ । यो भनेको यस्तो रड हो जसको एउटा भाग तातो र अर्को चिसो हुन्छ । उक्त पूरै रडकमा भोल्टेज हुनेछ र त्यहीँबाट ऊर्जा प्राप्त हुनेछ ।

प्रतिक्रिया