फुटबल देखाउन लागेका फिल्म हललाई बाेर्डको पत्र, नियम तोडे कारबाही हुने

नेपालखोज २०७९ मंसिर २३ गते १८:१०

काठमाडौं । केहि फिल्म हलहरूले मंसिर २३ गतेदेखि विश्वकप फुटबल देखाउने सन्दर्भमा ति फिल्म हलहरूलाई चलचित्र विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिईएको ईजाजतपत्रमा उल्लेख भएबमोजिमका शर्तमा मात्र प्रदर्शन गर्न सूचीत गरेको छ ।

चलचित्र प्रदर्शन गर्न दिईएको ईजाजतपत्रको अनुसुचि ७ मा व्यवस्था भएअनुसार हल संचालन नभए नियमानुसारको कारबाही भैजाने ब्यहोरा सहित नेपालभरका जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थ दिँदै बोर्डले पत्राचार गरेको हो ।

प्रतिक्रिया