सोमबार, वैशाख २४, २०८१

१० शक्तिशाली मन्त्र जसको जप गर्दा हरेक दुख हट्छ

नेपालखोज २०७९ मंसिर २४ गते ८:०९

हिन्दू धार्मिक ग्रन्थहरूमा अनेकौं मन्त्रको उल्लेख छ । हो, यसमा हजारौं मन्त्र छन् जुन विभिन्न देवी-देवताका आरधनामा समर्पित छन् । हो, हरेक देवताको आ – आफ्नै मन्त्र हुन्छन् । हिन्दु धर्ममा वैदिक मन्त्र, तान्त्रिक मन्त्र र शबर मन्त्र गरि तीन प्रकारका मन्त्र छन् । ती सबै मन्त्रको शक्ति र अभ्यास फरक छ । वाचिक, उपांशु र मानस तीन प्रकारले मन्त्र जप गरिन्छ ।वाचिकको अर्थ मुखबाट, उपांशु भनेको कम स्वरमा र मानसको अर्थ मनमा हुन्छ ।

हिन्दु धर्मका बहुप्रचलित मन्त्रहरु : पहिलो : गायत्री मन्त्र – यो संसारको पहिलो मन्त्र हो । .. ओम भुरभुव: स्व: तत्सवितुर्वरेण्य भार्गो देवस्य धीमहि धियो यो न: प्रचोदयात..- यो मन्त्र भगवान र सूर्यलाई समर्पित छ । दोस्रो : महामृत्युन्जय मन्त्र – ओम त्र्यम्बकम् यजमाहे सुगंधिपुष्टिवर्धनम् । उर्वरुकमिव बन्धनन्मृत्योरमुखिया माता मृत । तेस्रो : शिव मन्त्र – ओम नमः शिवाय । यो पञ्चाक्षरी मन्त्र हो। चौथो : विष्णु – ओम विष्णवे नमः। पाँचौं : दुर्गा मन्त्र – ओम दुर्गा दुर्गाय नमः। छैटौं : राम मन्त्र – राम सातौं : कृष्ण मन्त्र – ॐ श्रीकृष्णाय शरणम् मम । आठौं : हनुमान मन्त्र – ॐ हन हनुमते नमः।

नवौं : ॐ – ओमलाई प्रणव मन्त्र पनि भनिन्छ । दशौं : राम र कृष्ण मन्त्र – हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम राम हरे हरे। यो राम – कृष्ण मन्त्रमा हरे शब्दलाई श्री विष्णु र भगवान शिवको सम्बोधन मानिन्छ। विष्णुजीलाई हरि र शिवजीलाई हर भनिन्छ। माथिका दश मन्त्रमध्ये छैटौं मन्त्र ‘राम’ र दशौं राम र कृष्ण मन्त्र अर्थात् हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम राम हरे हरेलाई महामन्त्र भनिन्छ ।

यद्यपि यी दुई मन्त्रमध्ये शक्तिशाली राम हो । वास्तवमा रामको अगाडि न ओम छ न पछाडि नमः। यो मन्त्र शिवजी र हनुमानजी सहित सबै देवी-देवताले जप्छन् । यो मन्त्रका बारेमा धेरै अनुसन्धान पनि भएका छन् । भनिन्छ राम पराक्रमीहरूमध्ये सबैभन्दा बलवान छन् र रामजीभन्दा श्रीरामजीको नाम ठूलो छ ।

प्रतिक्रिया