बिहीबार, जेठ ९, २०८२

कञ्चनपुरमा डेंगु संक्रमण घट्यो

नेपालखोज २०७९ मंसिर २४ गते ११:०८

कञ्चनपुर । चिसो सुरु भएसँगै कञ्चनपुरमा डेंगुको संक्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेंगुको संक्रमण कम हुँदै गएको हो । एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिए ।

‘पछिल्लो केही महिनायता डेंगु संगुमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्’, उनले भने । चिसोमा डेङ्गु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले सङ्क्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए ।

स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि संक्रमणमा कमी आएको उनले बताए । महाकाली अस्पतालमा पछिल्लो समय डेंगुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् । उनले भने, ‘दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन् ।’ महाकाली अस्पतालमा अहिलेसम्म दुई सय ५० जना डेंगुका बिरामी फेला परेका थिए । -रासस

प्रतिक्रिया