शुक्रबार, वैशाख १४, २०८१

दक्षिण कोरियामा ३९ हजार कोरोना संक्रमित

नेपालखोज २०७९ असोज ११ गते १५:२४

सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख ७३ हजार ६ सय ६३ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाई छ

दैनिक संक्रमितहरुको सङ्ख्या एक दिनअघिको तुलनामा बढेको देखिएको छ । अघिल्लो दिन १४ हजार एक सय ६८ जना संक्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक संक्रमितको सङ्ख्या ३० हजार तीन सय तीन रहेको थियो ।

अहिले संक्रमित अवस्थामै रहेका मध्ये चार सय एक जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ । दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा २६ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजा दई सय ७२ पुगेको छ ।

विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ । महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएको छ ।

प्रतिक्रिया