शनिबार, जेठ ४, २०८२

लाखौं युक्रेनी अन्धकारमा बाँच्न बाध्य

नेपालखोज २०७९ मंसिर २५ गते १५:००

काठमाडाैं । युक्रेनले रुसको आक्रमणका कारण देशको दक्षिणी सहर ओडेसाका करिब १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएको बताएको छ ।

युक्रेनी सेनाका अनुसार उनीहरूले दश इरानी ड्रोनहरू खसाल्ने प्रयास गरे, जसमध्ये उनीहरूले पाँचलाई नष्ट गर्न सक्षम भए, तर पाँचवटा शहरको महत्त्वपूर्ण पूर्वाधारमा खसे। युक्रेनी अधिकारीहरूले रुसी आक्रमणले ओडेसाका दुई पावर प्रोजेक्टमा क्षति पुर्याएको र सहरको बिजुली आपूर्तिमा गम्भीर असर पारेको बताएका छन्।

युक्रेनले यी आक्रमणहरू इरानी ड्रोनद्वारा गरिएको दाबी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिजुली पूर्वाधार मर्मत गर्ने काममा संलग्न अधिकारीहरूको प्रशंसा गर्दै ती व्यक्तिहरूले उत्कृष्ट काम गरिरहेको बताएका छन्। तर, विद्युत् आपूर्ति सामान्य हुन अझै केही साता लाग्न सक्ने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया