आइतबार, जेठ ६, २०८१

३२ अंकले नेप्से घट्दा १ अर्ब १० करोडको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर २५ गते १५:४०

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से घटेको छ । नेप्से आज ३१ दशमलव ९७ अंकले घटेर १८ सय ८५ दशमलव ३१ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २८ अंकले घटेर तीन सय ६७ दशमलव ३६ अंकमा झरेको छ । दुई सय ५३ वटा कम्पनीहरुको २४ हजार छ सय ४४ पटकको कारोबारमा ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १० करोड ३४ लाख चार हजार ४५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।

सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३० दशमलव ८० अंकले घटेर १३ सय सात दशमलव १३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४७ दशमलव ९१ अंकले घटेर तीन हजार तीन सय २७ दशमलव ४७ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ४७ अंकले घटेर १९ सय ५७ दशमलव ८५ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव ४४ अंकले घटेर नौं हजार एक सय ३२ दशमलव ८७ अंकमा झरेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि ९८ दशमलव ४० अंकले घटेर सात हजार चार सय ५३ दशमलाव छ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १८ सय ६८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा नाडेप लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर सात सय एक रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता पाँच सय २९ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा १० करोड ९३ लाख ६७ हजार नौं सय २६ रुपैंयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया