कसले पाउला गोल्डेन बुट ?
नेपालखोज
२०७९ मंसिर २५ गते १७:१६

काठमाडौं । कतारमा भैरहेको विश्वकप फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुटको दाबेदारमा फ्रान्सका २ तथा अर्जेन्टिनाका १ खेलाडी अगाडि देखिएका छन्।
सेमिफाइनल पुगेको फ्रान्सका केलियन एमबाप्पे ५ गोल सहित सर्वाधिक गोलकर्ताको सुचिमा सबैभन्दा माथि छन भने अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ४ गोल सहित उनलाई पच्छाइरहेका छन् ।
यसैगरी फ्रान्सका ओलिभर जिरोडले पनि ४ गोल गरेका छन्। यी तिन खेलाडी मध्ये एक जनाले गोल्डेन बुट जिते भने कुनै आश्चर्य हुँदैन ।
सम्बन्धित
प्रतिक्रिया