खुला बजार कारोबार सम्बन्धि संसोधित कार्यविधि कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, नेपाल राष्ट्र बैंंकले खुला बजार कारोबार सम्वन्धी संसोधित कार्यविधि कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्वन्धी सम्झौंता गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा सुचना जारी गर्दे राष्ट्र बैंकले आईतबार यस्तो निर्देशन दिएको हो ।
निर्देशन मार्फत राष्ट्र बैंंकले परिपत्र मार्फत भनेको छ, खुला बजार कारोबार तथा व्याजदर करिडोर सम्वन्धी उपकरणहरुको प्रयोगका सम्वन्धमा नेपाल राष्ट्र बैंक, खुला बजार कारोबार विनियमावली (दोश्रो संशोधन २०७९), २०७८ र नेपाल राष्ट्र बैंक खुला बजार कारोबार सम्वन्धी कार्यविधि (दोश्रो संशोधन २०७९), २०७८ जारी गरिएको हुंदा माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्वन्धी सम्झौंता गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई उपरोक्त नियमावली तथा कार्यविधिमा गरिएको संसोशित व्यवस्थाहरुको पुर्ण कार्यान्वयन यही पुस एक गते देखि लागु हुने छ ।









प्रतिक्रिया