सनिगाड हाइड्रो लिमिटेड र सनराईज क्यापिटलबीच सम्झौंता

काठमाडौं । सनिगाड हाइड्रो लिमिटेड र सनराईज क्यापिटल लिमिटेडबिच सम्झौंता भएको छ । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने एक सय रुपैंयाँ अकिंत दरको ६७ लाख ५० हजार कित्ता साधारण सेयर (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबिच निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता भएको कम्पनीले जानकारी दिएको छ ।
सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।








प्रतिक्रिया