राष्ट्र बैकले पुन: दुई अर्बको विकास ऋणपत्रको बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैकले पुन दुई अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्ने भएको छ । भोलि मंगलबार तीन बर्षे अवधिको बिकास ऋणपत्र २०८२ ‘छ’ (३ बर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंगलबार अपरान्ह दुई बजेसम्म बोलकवोल मार्फत आवेदन दिनुपर्ने छ । निष्काशन मिती २०७९ मंसिर २८ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती भने २०८२ मंसिर २८ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविध रहेको छ । खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् एक अर्ब ७० करोड र ३० करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।
राष्ट्र बैकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउने छैनन् ।


प्रतिक्रिया