५ अंकले बढ्याे नेप्से, तीन अर्ब ५९ करोडको शेयर किनबेच

काठमाडौं । साताको चौथो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ५.१० अंकले बढेको छ । आज नेप्से ५.१० अंकले बढेर २ हजार ५८१.६० बिन्दुमा रोकिएको हो ।
नेप्सेमा आज ३०५ कम्पनीको ४३ हजार ७३९ पटकको कारोबारमा ९४ लाख ३४ हजार ९ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ ३७ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ समूहको शेयर कारोबार भएकोमा पाँच वटा समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १०.१८ अंकले घटेर १ हजार ३९२.१५ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक ८.२५ अंकले घटेर १२ हजार ३५४.८५ अंकमा झरेको छ ।
लघुवित्त, सामुहिक लगानी कोष र अन्य समूहको सूचक क्रमश: ७.९५, शुन्य दशमलव शुन्य तीन र ८.१३ अंकले घटेका छन् । विकास बैंक समूहको सूचक भने ८५.६९ अंकले बढेर पाँच हजार एक सय ६४.३५ अंकमा चढेको छ ।
फाइनान्स समूहको सूचक १०७.७८ अंकले बढेर २ हजार ८९१.१२ अंकमा चढेको छ । होटेल तथा पर्यटन समूहको सूचक ५९.९८ अंकले बढेर ६ हजार ३५९.३९ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक २८.१८ अंकले बढेर १२ हजार ३५४.०३ अंकमा चढेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा त्रिशुली जलबिद्युत कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेको छ ।

प्रतिक्रिया