कतारका शाहि परिबारमा काम गर्ने घरेलु कामदारहरुको कथा

काठमाडौं । अहिले कतारको राजधानी दोहामा विश्वकप फुटबलका खेलहरु संचालनमा छन् । यस क्रममा मानवअधिकार उल्लङ्घनका घटनाका बिषयमा छलफल र अनुगमन पनि भैरहेको छ । स्टेडियम र होटलहरू निर्माण गर्ने आप्रवासी कामदारहरूको खराब अवस्थाका बारेमा धेरै लेखिएको छ, तर कतारको शाही परिवारको घरमा काम गर्ने कामदारहरुको जीवन कस्तो छ त ?
बीबीसीका संवाददाताका अनुसार कतारको शाही परिवारको घरमा काम गर्ने कामदारहरु हरेक दिन बिहान ८ बजेदेखि राति ११ बजेसम्म काम गर्छन् । उनीहरु घर सफा गर्छन्, खाना पकाउन मद्दत गर्छन् र बच्चाहरूको हेरचाह गर्छन्। उनिहरुले परिवारका सदस्यले खाएपछि बाँकी रहेको खाना खान पाउँछन् ।
ग्लेड्स फिलिपिन्सबाट कतार आएकि हुन् । उनी ४० वर्षकी भइन् । ग्लेड्स भन्छिन्, मेरी म्याडम पागल छिन् । उनी हरेक दिन म माथि चिच्याउँछिन । कतारले सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्ने अधिकार पाउनुअघि यहाँ काम गर्ने आप्रवासी कामदारले रोजगारदाताको अनुमतिबिना रोजगारी फेर्न वा देश छाड्न पाउँदैनथे । खाडीका अधिकांश देशमा आज पनि यही अवस्था छ ।
अनुगमन पछि, कतारले निश्चित रूपमा आफ्नो श्रम कानूनमा सुधार गरेको छ, तर ती सधैं लागू हुँदैनन् । उदाहरणका लागि, ग्लेड्सका रोजगारदाताहरूले उनको राहदानी राखेका छन्। यदि उनले आफ्नो जागिर छोड्न राहदानी फिर्ता मागिन भने उनले आफ्नो राहदानी फिर्ता पाउने कुनै ग्यारेन्टी छैन । यसका बावजुद ग्लेड्स आफूलाई भाग्यमानी मान्छिन् ।
उनलाई फोन राख्न अनुमति छ। अन्य कामदारहरूलाई यो पनि अनुमति छैन। त्यहाँ ग्लेड्ससँग कुनै शारीरिक दुर्व्यवहार भएको छैन, जबकि कतारमा काम गर्ने अन्य कामदारहरूसँग गरिने शारीरिक दुर्व्यवहार निकै सामान्य मानिन्छ । यसबाहेक अर्को कारण पनि छ जसका कारण उनी जागिर छाड्न चाहँन्नन् । उनलाई यो उमेरमा यो भन्दा राम्रो काम पाउन सकिंदैन भन्ने लाग्छ । उनी प्रति महिना १५ सय रियाल अर्थात् करिब ५० हजार रुपैयाँ पाउँछिन् र त्यो सबै पैसा घर पठाउँछिन् ।
कतारको योजना तथा तथ्याङ्क विभागको अनुमानअनुसार कतारमा १ लाख ६० हजार घरेलु कामदार छन् । सन् २०१७ मा कतारमा घरेलु कामदारका लागि एउटा कानून लागू भएको थियो, जसअनुसार उनीहरूले दिनमा १० घण्टा मात्र काम गरे पुग्थ्यो । कामको अवधिमा उनीहरूलाई विश्राम दिन पनि भनिएको छ ।
हप्तामा एक दिन बिदा र भुक्तान बिदाको पनि व्यवस्था छ । २०२० मा यो कानुनमा उनीहरूलाई न्यूनतम पारिश्रमिक दिने प्रावधान समावेश गरिएको थियो । यसबाहेक कागजमा काम परिवर्तन गर्ने र मालिकको अनुमति बिना देश छाड्ने अधिकार पनि दिइएको छ । यी प्रावधानहरूका बावजुद, एम्नेस्टी इन्टरनेशनल भन्छ- यी कानूनहरूको पालना भैरहेको छैन । त्यहाँ घरेलु कामदारहरू कामको बोझ छन्, उनीहरूले कुनै विश्राम पाउँदैनन् र उनीहरू प्रति दुर्व्यवहार समेत गरिन्छ।
फिलिपिन्सका कामदारहरूलाई सहयोग गर्ने संस्था माइग्रेन्ट्स इन्टरनेशनलकी जोआना कन्सेपसिनो भन्छिन्- यी कामदारहरू गरिबिका कारण मुख खोल्दैनन् किनभने उनीहरूको प्राथमिकता पैसा कमाएर परिवारलाई पठाउने हो । जोआनाका अनुसार- जब तपाईले कामदारहरूको विश्वास प्राप्त गर्नुहुन्छ, तब उनीहरूले आफूसँग हुने खराब व्यवहारका बारेमा बताउँछन् । यस्तै एउटी घरेलु कामदारले बताइन् कि जब उनको मालिक रिसाउँछन तब उनि उनलाइ शौचालयको बेसिन तर्फ गलत्याउँछन र खानपिनमा पनि रोक लगाउँछन् ।
यद्यपि, कतारमा घरेलु कामदारका रूपमा अल्थियाको (नाम परिवर्तन) अनुभव अरूभन्दा धेरै राम्रो छ । अल्थिया कतारको शाही अल थानी परिवारमा कामदारका रूपमा काम गर्छिन् । उनले शाही निवासको तहखानाबाट बीबीसीलाई भिडियो कल गरेकि थिइन । अल्थियाले मुस्कुराउदै भनिन्- उनका मालिकले उनलाई आईफोन, लुगा, गहना र जुत्ता आदि दिएका छन् । उनि फिलिपिन्समा यी सबै चीजहरू किन्ने कुरा सोच्न पनि सक्दिन थिइन् ।
ग्लेड्सले कतारमा महिनामा जति कमाइरहेकी छिन्, त्यो पैसा आफ्नो देशमा कमाउन निकै गाह्रो छ । यहाँ काम गर्ने यी सबै महिलाले आफ्नै छुट्टै सुत्ने कोठा र निजी किचन पाएका छन् ।
यो एक विशेष सुविधा हो। टिकटक तथा फेसबुकमा कतिपय भिडियोहरू भेटिन्छ जहाँ अन्य मेडहरू खानाका लागि भीख मागिरहेका वा तिनीहरूका मालिकलाई उनीहरूलाई घर फर्कन जान दिन बिन्ती गरिरहेका हुन्छन । अल्थिया भन्छिन्, मैले त्यस्ता भिडियोहरू हेरेकि छु , त्यसैले म आफूलाई भाग्यमानी मान्छु। यद्यपि यी ‘सिन्डरेला प्यालेस’ मा पनि उनीहरुले निकै मेहनेत गर्नुपर्ने हुन्छ ।
ती महल अग्ला छतहरू झूमरहरू, बहुमूल्य मोती अनि ताजा फूलहरूले सजिएका छन् । उनीहरूको काम बिहान ६:३० बजे सुरु हुन्छ, जसमा परिवारका लागि नाश्ता तयार गर्नुपर्ने हुन्छ । परिवारका सदस्यले खाएपछि अल्थियाले खाना खान्छिन्, त्यसपछि कोठाको सरसफाई सुरु हुन्छ र दिनभरको खानाको तयारी हुन्छ । अल्थिया भन्छिन्, ूहामी धेरै काम गरिरहेका छौं, तर काम कम देखिन्छ।
त्यसपछि तीन बजेदेखि छ बजेसम्म घरका कामदारहरू आराम गर्छन् अनि त्यसपछि खानाको तयारी गरिन्छ। डिनर सकिएपछि अल्थिया आफ्नो काम पूरा गरि मालिकको घर बाहिर जहाँ पनि जान सक्छिन । शाही परिवारले उनको राहदानी राख्दैन तर एल्थियाले हरेक दिन काम गर्नुपर्छ, सप्ताहन्तमा पनि ।
उनीहरूले हप्तामा एक दिन पनि बिदा पाउँदैनन्, जुन कतारको कानूनमा व्यवस्था पनि छ र त्यसलाई रोजगारदाताले अस्वीकार गर्न सक्दैनन । एल्थियाका अनुसार हप्ताको सातै दिन काम गर्नु भनेको आफ्नो परिवारलाई आर्थिक रूपमा थप सहयोग गर्नु पनि हो। फिलिपिन्सबाट खाडीका धनीहरूलाई घरेलु कामदार उपलब्ध गराउने प्लेसमेन्ट एजेन्सीका मालिक मेरी ग्रेसी मोरालेस भन्छिन्- शाही दरबारहरूमा काम गर्नु सबैको सपनाको कामु जस्तै हो।
मोरालेसका अनुसार-धेरै प्रकारका भत्ता पाइन्छ, परिवार पनि उदार हुन्छ । आफ्नो देशमा भोग्नुपरेको समस्याको स्मरण गर्दै उनी भन्छिन्, ‘दरबारमा काम गर्ने केटीहरू मोटा हुन्छन्, खानपिन राम्रै हुन्छ त्यसैले । मारोलेस भन्छिन- कतारको धनी र राजपरिवारमा २४ देखि ३५ वर्षसम्मका सुन्दरी केटीहरूलाई मात्र कामदारका रूपमा पठाइन्छ । उनले भनिन्, कतारको शाही परिवारलाई जवान कामदारहरू चाहिन्छ ताकि यी ऊर्जावान र स्वस्थ कामदारले दरबारको व्यस्त वातावरणमा सबै कुरा राम्रोसँग सम्हाल्न सकून् । अर्थात यो जागिरका लागि आवेदकहरू सुन्दर हुनुपर्छ . धेरै सुन्दर ।
माइग्रेन्ट्स इन्टरनेशनलकी जोआना कन्सेपसियोनो चाहिँ अल्थियाले भनेको कुरा सत्य हुन भन्ने चाहना राख्छिन् । उनी भन्छिन्, ‘अहिले पनि कतारमा रहेर प्रभावशाली परिवारका लागि काम गरिरहेकी हुनाले उनको अवस्था कस्तो छ भन्ने निश्चित रूपमा थाहा पाउन गाह्रो छ। राजपरिवारमा काम गर्नेहरूले कतार छोडेपछि मात्र गुनासो सुनाउँछन् ।
२०१९ मा तीन ब्रिटिश र अमेरिकी कर्मचारीहरू-एक अंगरक्षक, एक व्यक्तिगत प्रशिक्षक तथा एक निजी शिक्षकले स्थानीय अमिरकी बहिनी शेखा अल मायसा बिन्त हमाद बिन खलिफा अल थानी तथा उनका पति माथि ओभरटाइम बिना लामो घण्टा काम गराएको आरोप लगाएका थिए ।
तर उक्त परिवारले त्यो आरोप अस्वीकार गर्यो । आरोप लगाउनेहरूले न्युयोर्कमा मुद्दा समेत दायर गरे जहाँ शाहि परिवारलाई कूटनीतिक संरक्षण छ। हिंसा र उत्पीडन, पेशागत सुरक्षा र स्वास्थ्यको अभाव तथा आवास मुद्दाहरूको रिपोर्टिङ र समाधान चुनौतीपूर्ण हुन सक्छ, रुबा जरादत, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अरब देशहरूको क्षेत्रीय निर्देशक भन्छन् ।
चुनौतीपूर्ण कार्य भए पनि न्यूनतम पारिश्रमिक, साप्ताहिक बिदा, बिरामी बिदा र ओभरटाइमक ग्यारेन्टी गर्ने नयाँ नियम ल्याउन कतारसँग काम गरिरहेको आईएलओले जनाएको छ ।
शाही दरबारमा लामो समय काम गर्नुपरे पनि अल्थिया खुसी छिन्। जब उनी ओछ्यानमा जान्छिन्, उनले फिलिपिन्समा आफ्ना दाजुभाइ तथा आमाबुवाहरुलाई सन्देश पठाउँछिन् । उनि प्रायः आफ्नो घर सम्झन्छिन । परीको कथाहरूको जस्तै यो महल उनका लागि घर जस्तो छैन यद्यपि यो आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ । उनी भन्छिन्यो – जागिर नभए त म आफ्नो परिवारलाई सहयोग गर्न सक्दिनथें ।

प्रतिक्रिया