चोरी पैठारीको चिनीसहित सशस्त्र प्रहरीद्वारा तीन जना नियन्त्रण

काठमाडौं । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीव ३४ लाख २ हजार रुपैयाँ बराबरको ६० क्विन्टल चिनीसहित पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ५ स्थित धनगडवाबाट मंसीर २५ गते सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सोही जिल्लाको प्रतापपुर गाउँपालिका २ घोडाहा बस्ने ४५ वर्षिय धिरेन्द्र कुमार चौधरी, २० वर्षिय किरण कुमार चौधरी र रामग्राम नगरपालिका ७ उजैनी बस्ने रोशन चौधरीलाई उक्त चिनीसहित नियन्त्रणमा लिएको हो ।
लु १ च ५९६३ र लु २ च ६५५३ नम्बरको पिकअप गाडीमा राखेर ल्याउँदै गरेको उक्त चिनीसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा उक्त गाडीका चालक तथा सहचालक रहेका छन् ।
पक्राउ परेकाहरुलाई बरामद चिनी तथा गाडीसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।

प्रतिक्रिया