शुक्रबार, जेठ ३, २०८२

अपर तामाकोशी हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष

नेपालखोज २०७९ मंसिर २६ गते २०:२२

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रर्वन्धकमा सनराईज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

अपर तामाकोशी हाइड्रोपावको १ः१ को अनुपातमा अर्थात (१ कित्ता सेयर बराबर १ कित्ता सेयर) का दरले साबिकका सेयरधनीलाई जारी गर्न लागेको प्रतिकित्ता एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी १० लाख ५९ हजार कित्ता हकप्रद साधारण सेयरको हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको हो ।

नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडबिच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि सोमबार दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेको छ ।

प्रतिक्रिया