काभ्रेको बेथान्चोक गाउँपालिकामा बस दुर्घटना, १५ जनाकाे मृत्यु

नेपालखोज २०७९ मंसिर २७ गते २०:३८

काभ्रे । काभ्रे जिल्लाको बेथान्चोक गाउँपालिकामा आज साँझ भएको बस दुर्घटना १५ बढी यात्रुको मृत्यु भएको छ । बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलालको सल्लाघारीमा रिभर्ज बस दुर्घटना भएको र ठूलो संख्यामा यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको वडाध्यक्ष कृष्णबहादुर तामाङले बताएका छन् ।

घटनास्थलमा केही शवहरु भेटिएको र अरु पनि संकलन भइरहेको वडाध्यक्षले बताएका छन् । बनेपा र धुलिखेल अस्पतालमा २५ जनाको उपचार सुरु भएको छ ।

प्रतिक्रिया