विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेल आज
नेपालखोज
२०७९ मंसिर २८ गते ६:३१

काठमाडाैं । कतार विश्वकप फुटबल -२०२२ को दोस्रो सेमिफाइनल आज मंसिर २८ गते वुधबार हुँदैछ । आजको खेलमा साबिक बिजेता फ्रान्स तथा पहिलोपटक सेमिफाइनल पुगेको अफ्रिकी मुलुक मोरक्को आमने सामने हुनेछन् ।
आजको खेल नेपाली समय अनुसार राति १२ : ४५ बजे प्रारम्भ हुनेछ । यो विश्वकपको फाइनल पुस ३ गते आइतबार साँझ ८:४५ बजे हुने निर्धारित कार्यक्रम छ ।
सम्बन्धित
प्रतिक्रिया