सोमबार, वैशाख २४, २०८१

मिथुन राशिका लागि वर्ष -२०२३ कस्तो रहनेछ ?

नेपालखोज २०७९ मंसिर २८ गते ६:४८

वर्ष -२०२३ ले तपाईंका लागि धेरै नयाँ कुरा ल्याउनेछ। जनवरी महिनादेखि नै भाग्य बलियो हुनेछ र भाग्यको साथ मिल्न थाल्नेछ, जसका कारण रोकिएका कामहरु अगाडि बढ्न थाल्नेछन । आर्थिक रुपमा पनि प्रगति हुनेछ । २०२३ मा तपाईंले जीवनमा केही नयाँ उपलब्धि हासिल गर्नुहुनेछ ।

पारिवारिक जिवन : यो वर्ष तपाईंको पारिवारिक जीवन निकै राम्रो रहनेछ । परिवारमा कुनै शुभ कार्यले सम्पूर्ण परिवारमा एकता र प्रेमको भावना देखाउनेछ । वर्षको प्रारम्भमा मंगलको प्रभावले वैवाहिक जीवनमा केही असर पार्न सक्छ । विवादबाट टाढै रहनुहोला ।

नोकरी तथा व्यापार : यो वर्षले तपाईका लागि धेरै नयाँ चीजहरू ल्याउनेछ । खर्च बढ्दै जानेछ, त्यसैले आम्दानीको स्थायी स्रोत खोज्नुपर्नेछ। यदि बिदेश जाने सोचमा हुनुहुन्छ भने , यो वर्ष राम्रो अवसर छ ।

बैबाहिक स्थिति : यदि अविवाहित युवा हुनुहुन्छ भने, तपाईंले ठूलो परिवर्तनका लागि तयार हुनुपर्छ। तपाईंले यो वर्ष साँचो प्रेम प्राप्त गर्न सक्नुहुन्छ । मे महिनामा यस्तो सम्बन्धको प्रस्ताव आउन सक्छ, जसका बारेमा तपाईले कल्पना सम्म गर्नुभएको छैन । प्रेम जीवन : यो वर्ष ग्रह संक्रान्तिको प्रभाव तपाईको प्रेम जीवनमा पनि देखिनेछ। यदि आफ्नो पार्टनरसँग विवाह गर्न चाहनुहुन्छ भने स्थिति बिग्रन नदिने कुराको ख्याल गर्नुहोस् । आफ्ना लागि राम्रो पार्टनरको खोजीमा रहेका मानिसहरूले सफलता पाउन सक्छन् ।

स्वास्थ्य स्थिति : आफ्नो स्वास्थ्यमा लापरवाही नगर्नुहोस् किनभने यसले तपाईंलाई समस्यामा पार्न सक्छ। शिक्षा तथा करियर : आफ्नो पुरानो जागिर छोड्ने मन बनाउन सक्नुहुन्छ र चाँडै (वर्षको प्रारम्भिक महिनाहरूमा ) राम्रो काम पनि पाउनुहुनेछ । नयाँ काममा तपाईंलाई सन्तुष्टि मिल्नेछ भने त्यो जागिरमा स्थाइत्वको सम्भावना समेत छ। विदेशमा करियर बनाउने वा त्यतै अध्ययन गर्ने कुरा सोचिरहनु भएको छ भने सफलता हात पर्नेछ ।

धन – सम्पत्ति : आर्थिक रुपमा प्रगति हुनेछ । रोकिएका कामहरू पनि पूरा हुन थाल्नेछन , जसका कारण तपाईंको आत्मविश्वास बढ्नेछ । यो वर्ष तपाईका लागि धेरै कुरा राम्रो रहनेछ। आफ्नो क्रोधमा भने नियन्त्रण राख्नुहोला ।

माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया