बिहीबार, वैशाख १३, २०८१

कृष्णा ताम्राकारको ६१ बर्षे रेडियो यात्रा

नेपालखोज २०७९ चैत १० गते ११:४८

काठमाडौं । काभ्रेको बनेपामा जन्मिएकी वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकार हामीमाझ रहेनन् । निमोनियाबाट पीडित उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारकै क्रममा बिहीबार बेलुकी १० बजे निधन भएको हो ।

२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । उनले ६ महिना अघि एक टेलिभिजन कार्यक्रममा अनुभव शेयर गर्दा भनेकी थिइन् की, ‘रेडियो नेपालमा त्यस बेला खुला प्रतिस्पर्धाबाट छानिएको हुँ । मेरा प्रत्यासी ७५ जना जना थिए । पहिलो नम्बरमा नाम निकाल्न सफल भएँ ।’ त्यस बेला उनले १२५ रुपैयाँ मासिक पारिश्रमिक पाउँथिन् ।

उनले रेडियो नेपालमा नेपाली, नेवारी र हिन्दी भाषामा समाचार वाचन गरिन् । तत्कालिन प्रधानमन्त्री सुर्य बहादुर थापाले समेत आफ्नो आवाजको प्रशंसा गरेको रमाइलो क्षण सुनाउदै उनले भनेकी थिइन्, ‘रेडियो नेपालमा त्यतिका बर्ष सेवा गरे तर कहिल्यै तक्मा पाइँन । अरुले मागे, पाएँ, म चुपचाप जिम्मेवारी बहनमा लागेँ, मैले पाइन । तर त्यसमा दुखेसो छैन् ।’

उनले एक अन्तरवार्तामा रमाइलो किस्सा सुनाएकी थिइन्, ‘मेरो आवाज सुनेर दार्जलिङबाट रेडियो नेपाल आए । भेटेर सोधेँ । कृष्णा ताम्राकार तपाँई नै हो । मैले हो भने तर उनीहरुले पत्याएनन् । मेरो सामान्य जनजीवनका कारण दिन ल्याएको चकलेट नदिएको घटना पनि छ । मेरो आवाज चर्चित थियो । म थिइन् ।’

कृष्णाको आवाज स्वर्गीय राजा विरेन्द्रले पनि खुव मन पार्थे । लण्डनमा भएको भेटमा सम्बोधन विना ‘समाचार त खुवै राम्रो पढ्ने हो नी, सधैँ नेपाली बोल्ने गर्या हो’ भनेकी थिइन् । मैले ‘हैन, म त नेवार, १२ बर्षपछि सिकेको’भने । उहाँले ‘राम्रो छ’भन्नुभयो । स्वर्गीया कृष्णाले ६ महिना अघि दिएको अन्तर्वार्तामा भनेकी थिइन् ।

रेडियो नेपालमै उनले नासो तथा वन र वातावरण सम्बन्धी कार्यक्रम सन्चालन गरेकी थिइन् । यही कार्यक्रमबाट उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन् । उनलाई २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले ‘वरिष्ठ पत्रकार सम्मान’समेत प्रदान गरेको थियो ।

ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय थिइन् । पछिल्लो समय पनि उनले इमेज एफ.एम.मा ‘उज्यालो’नामक रेडियो कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन् ।

प्रतिक्रिया