बुधबार, असार १८, २०८२

समानुपातिकतर्फका सांसदको घोषणा आज

नेपालखोज २०७९ मंसिर २८ गते ८:२८


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित सांसदहरूको घोषणा आज दिउँसो १ बजे पछि गर्ने भएको छ ।

आयोगले प्रतिनिधि सभाका १ सय १० सिट तथा प्रदेशका २ सय २० सिटमा सांसदहरू निर्वाचित भएको घोषणा गर्ने अनि निर्वाचित भएकाहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेक‍ो जानकारी दिएको छ ।

प्रतिक्रिया