बुधबार, जेठ १, २०८२

विश्वकप : ठूलो प्रतियोगिता ठूलै विवाद

नेपालखोज २०७९ मंसिर २८ गते १०:४७

काठमाडौं । यस पटक फिफा विश्वकप कतारमा हुँदैछ । फिफा विश्वकप मध्य एसियाली देशमा आयोजना भएको यो पहिलो अबसर हो । नोभेम्बर २० मा सुरु भएको यो प्रतियोगितामा ३२ देशको सहभागिता रह्यो । यस पटकको विश्वकप सुरु हुनुअघि देखि नै विवादमा फस्दै आएको छ । कतार फुटबल रंगशालामा काम गर्ने मजदुरको मृत्यु तथा उनीहरुमाथि भएको भेदभावलाई लिएर युरोपेली मिडियाले निकै हल्ला मच्चाए । यसबाहेक कतारको तापक्रमका बारेमा पनि कुरा उठाइयो ।

यद्यपी आयोजकले रंगशाला वरिपरि गर्मी नियन्त्रण गर्ने यस्ता मेसिन जडान गरे जसले गर्दा यो बिबादको बिषय रहेन । यी सबै विवाद फिफा विश्वकपको इतिहासमा पहिलो पटक भएका भने होइनन् । यसअघि पनि धेरै ठूला विवादहरु भएका छन्, जसको अहिले पनि चर्चा भइरहेको छ । आउनुहोस्, विश्वकप फुटबलका केही ठुला विवादहरूका बारेमा जानौं :

फासीवादलाई इटालियन टिमको समर्थन (१९३८): फिफा विश्वकप दोस्रो विश्वयुद्धअघि सन् १९३८ मा आयोजना गरिएको थियो । दुई पटकको डिफेन्डिङ च्याम्पियन इटाली क्वार्टरफाइनलमा फ्रान्ससँग भिड्यो । यो खेल विरोधका लागि सम्झना गरिन्छ । वास्तवमा फ्रान्सले इटालियन फासीवादको विरोधमा नीलो किट लगाएको थियो। त्यसक्रममा मुसोलिनीको आदेशमा इटालियन टिम कालो शर्ट लगाएर मैदानमा आएको थियो ।

स्यान्टियागोको युद्ध (१९६२): सन् १९६२ फिफा विश्वकपमा चिली र इटालीका फिल्डरहरूबीच भीषण लात र मुक्का प्रहार भएको थियो जसमा तीन पटक प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । उक्त खेलका क्रममा चिलीका लियोनेल सान्चेजले इटालीका मारियो डेभिडलाई मुक्का हाने लगायतका धेरै घटनाहरू भएका थिए। त्यसपछि सान्चेजले डेभिडको टाउकोमा लात हाने र सान्चेजले इटालीका हम्बर्टो मासियोको नाक भाँचे । यहि खेलबाट फुटबलमा रातो र पहेँलो कार्ड को चलन सुरु भयो ।

रेफ्री बखरामोभको विवादास्पद निर्णय (१९६६) : सन् १९६६ को विश्वकपको फाइनल विवादास्पद थियो। फाइनलमा इंग्ल्याण्ड र पश्चिम जर्मनीबीच प्रतिस्पर्धा थियो । उक्त खेलमा इङ्ल्यान्डका ज्योफ हर्स्टले क्रसबारबाट प्रहार गरेको शट गोलपोष्टको रेखा नजिकै खसेर आउट भएको थियो । त्यसमा रेफ्री टोफिक बखरामोभले बललाई लाइनभित्र राखेर गोल घोषणा गरे । यो निर्णय फिफा विश्वकपको इतिहासमा सर्वाधिक विवादित गोलको सूचीमा समावेश छ।

डिएगो म्याराडोना द्वारा ह्यान्ड अफ गड (१९८६) : १९८६ को विश्वकपमा अर्जेन्टिना र इंग्ल्याण्डबीच क्वार्टर फाइनल भएको थियो । उक्त खेलमा म्याराडोनाले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । खेलको ५१ औं मिनेटमा म्याराडोनाले हात र टाउको उठाएर अर्जेन्टिनाका लागि गोल गरेका थिए जसलाई भगवानको हातू नाम दिइएको थियो।

शुमाकरले ब्याटिस्टनमाथि आक्रमण गरे (१९८२) : सन् १९८२ को विश्वकप फुटबलको सेमिफाइनल पश्चिम जर्मनी र फ्रान्सबीच भएको थियो। सब्स्टिच्युट प्याट्रिक ब्याटिस्टन बल लिएर गोलपोष्टतर्फ लागेका थिए । त्यसपछि पश्चिम जर्मनीका किपर ह्याराल्ड शुमाकर आफ्नो बट फर्वार्ड गर्दा ब्याटिस्टनसँग ठोक्किए। जसका कारण ब्याटिस्टन भुइँमा लडे अनि उनको दुईवटा दाँत भाँचियो ।

जिनेदिन जिदान द्वारा हेडबट (२००६) : फ्रान्सका महान फुटबलर जिनेदिन जिदानको करियरमा लागेको यो एक मात्र दाग हो, जसलाई उनले चाहेर पनि धुन सक्दैनन् । खेल इटाली र फ्रान्स बीच ९ जुलाई २००९ मा खेलिएको थियो । इटालीका लागि १९औं मिनेटमा मार्को माटेराजीले गोल गर्दै बराबरी गोल फर्काए । यसबीच, मतेराजीले जिदानलाई रिस उठाए अनि जिदानले मतेराजीको टाउकोमा प्रहार गरे। त्यो टक्कर यति बलियो थियो कि इटालीका मार्को माटेराजी भुइँमा लडन पुगे । त्यसपछि रेफ्रीले जिदानलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर निकाले ।

लुइस सुआरेजको टोकाइ (२०१४) : ब्राजिल विश्वकपमा इटाली र उरुग्वेबीच समूहगत खेल हुँदैथियो । खेलको ७९ औं मिनेटमा लुइस स्वारेज इटालियन डिफेन्डर जर्जियो चिलिनीसँग भिडन्तमा उत्रिए । उनिहरु बिच कुरा यति बढ्यो कि आक्रोशमा स्वारेजले चिलिनीको काँधमा टोकिदिए । रेफ्रीले यो कार्यमा ध्यान दिएनन् । खेल १–० ले हारेर इटाली प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसपछि सुआरेजमाथि कारबाही गरियो।

प्रतिक्रिया