शनिबार, वैशाख १५, २०८१

सुनचाँदीको मूल्य सामान्य बढ्यो

नेपालखोज २०७९ मंसिर २८ गते ११:३४

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख १ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ १ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९९ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ १० रुपैयाले बढेको छ । चाँदी आज प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया