शनिबार, असार २१, २०८२

इन्सुलीन लिँदै हुनुहुन्छ ? ध्यान दिनुहाेस यी कुरा

डा. हेमराज कोइराला २०७९ मंसिर २९ गते ९:२३

मधुमेहलाई मूलतः १. टायप वान मधुमेह, २. टायप टू मधुमेह ३. गर्भावस्थामा हुने मधुमेह र ४. अन्य रोगका कारणले हुने मधुमेह गरी चार प्रकारमा विभक्त गरिएको । टायप १ मधुमेहलाई इन्सिुलिन आश्रित मधुमेह ,बाल्यवस्थामा हुने मधुमेह वा जुवेनाइल मधुमेह पनि भनिन्छ ।

त्यसैगरी टायप २ मधुमेहलाइ इन्सुलिन अनाश्रीत मधुमेह पौडावस्थामा शुरुहुने मोटोपनासँग सम्बिन्धीत जस्तानामले सम्बोधन गरिन्छ । तेसैगरी गर्भावस्थाको कारणले हुने मधुमेह तश्रो प्रकारको मधुमेह हो भने, ग्लुकोज पचयमा गडबडी, कुपोषणले हुने मधुमेह र विशेष रोगावश्था जस्तै, प्याङ्क्रियाजको संक्रमण, सिस्टिक फाईब्रोसिस, हेमाक्रोमाटोसिस, कुसी सिन्ड्रोम, पोली सिस्टिक ओभरी सिन्ड्रोम र प्याङ्क्रियाजको क्यान्सरमा देखिने चौथो प्रकारको मधुमेह हो ।

यी चार किसिमका मधुमेहहरू मध्ये टायप १ मधुमेह अथवा इन्सिुलिन आश्रित मधुमेहकाे उपचार इन्सुलिन थेरापि बाटै गर्नुपर्ने हुन्छ भने टायप टू मधुमेह अथवा इन्सिुलिन अनाश्रित मधुमेहलाइ पनि यदि जीवनशैली परिवर्तन गरेर वा औषधि खाएर पनि रक्त ग्लूकाेज नियन्त्रणामा नआएमा इन्सुलिननै लगाउनु पर्ने हुन्छ ।

कसले लिने इन्सुलीन ?

१. अनियन्त्रित मधुमेहले पीडित गर्भवति स्त्री ।

२.यदि खाने औषधीले मधुमेह कन्ट्रोल नभएमा ।

३. मुटुका रोग भएका, हृदयघात भएका, प्यारालाइसिस भएका मधुमेहले आँखा, मिर्गौला, नशा, खुट्टा जस्ता सम्वेदनशिल अंगलाई हानी पुर्याइ सकेको अवश्थामा ।

४. टायप वान डाइविटिज र कुपोषण को कारणले हुने मधुमेहमा

५.एडभान्स (झ्याङ्गिसकेको) मधुमेहमा ।

कसरी लिने इन्सुलिन ?

१. चिकित्सकले बताए अनुसारको मात्रा लिनुपर्छ । २. इन्सुलिन लिन सुई हान्ने वा इन्सुलिन पेनको उपयोग गर्न सकिन्छ । तर पेन सुईभन्दा सजीलो हुन्छ ।

३. तोकिएको मात्रा निर्धारण गरेर खाना खानु भन्दा १०—१५ मिनेट पहिले लिनुपर्छ ।

४. एक टाएम को इन्सुलिन लिन बिर्सिएमा भुलेर पनि अर्को पटक डवल डोज लिनु हुँदैन ।

५. दुई इन्सुलिन को बीच १०—१२ घण्टाको ग्याप हुन जरुरी छ ।

६. इन्सुलिन लाई चिसो तथा सुुख्खा ठाउँमा राख्ने गरौं ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया