राष्ट्र बैंकद्वारा २० अर्ब रुपैंयाँ बराबरको रिपो जारी
नेपालखोज
२०७९ मंसिर २९ गते १६:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैंयाँ बराबरको रिपो जारी गरेको छ । रिपो खरिदको लागि बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले आज बिहिबार अपरान्ह दुई बजेसम्म बोलकवोल पेस गर्नुपर्ने समय तोकिएकोमा सोही अनुसार रिपो बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ ।
रिपो खरिदको लागि बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिएका थिए । रिपोको परिपक्व हुने अवधि १४ दिन अर्थात यही पुस १४ गतेसम्म तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया