शुक्रबार, जेठ ३, २०८२

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालखोज २०७९ पुष १ गते २०:४३

 काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो ।

प्रतिक्रिया