आइतबार, वैशाख २३, २०८१

सरकार !

सुजम्बर सम्भव २०७९ पुष २ गते ११:००

पशुपति पुकारेर
हलेसी भाकेर
प्रकृति पुजेर
खृष्ट, बुद्ध, महादेव
अनि सुम्निमा पारुहाङलाई
भाकल राखेर
एक थान वृद्ध शिशु जन्मिन्छ
जसको नाम
सगौरव राख्छौं(सरकार१

बल्झेर बलिदान विकृतिको बाढीमा
अल्झेर तपस्या भ्रष्टाचारको झाँडीमा
ऊ, पठाउछ वृद्धाश्रमा
आफ्नै आमालाई,
चुसेको आमाको लाम्टा
हुर्केको आमाको काख
बेचिदिन्छ बधशालामा(काटिनलाई
छोडीदिन्छ बेश्यालयमा(लुटिनलाई
सगौरव भन्छौं उसलाई( सरकार१

उसको जन्मको लागि
उसको दिर्घायुको लागि
जुन आमाले देवालयमा
त्रिशुल चढायो
त्यही त्रिशुलले आमाको मुटुमा रोप्यो,
जसले,मारीदिन्छ ईश्वर भुतको भविष्य बनाउन
भत्काईदिन्छ देवालय भविष्य भुतलाई सुम्पिन
जसरी माकुराले आमालाई सिध्याउँछ,
त्यसरी हुर्किएको केही थान मनुवाहरुलाई
हामी सगौरव भन्दछौं सरकार।

हिलाम्मे पोखरीमा
जसरी फूल्दछ कमलको सुन्दर फूल,
तिर्खाहरुको माझमा
भोकहरुको माझमा
एउटा अघाएको पेटसहित
एकथान फूल फूल्दछ,
त्यसलाई हामी सगौरव भन्छौं सरकार !

प्रतिक्रिया