शनिबार, जेठ ४, २०८२

दुर्घटनामा छजना आप्रवासीको मृत्यु

नेपालखोज २०७९ पुष २ गते १२:३१

काठमाडाैं । टर्किको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा छ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन् । घाइते आप्रवासीहरूको उपचार भइरहेको छ र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको गभर्नर सालिह आयहानले बताएका छन् ।

मिनिबसबाट केही घाइते आफैं बाहिर निस्केका थिए भने केहीको घटनापछि स्थानीयको सहयोगमा उद्धार गरिएको गभर्नरले जानकारी दिएका छन् । मिनिबसमा जम्मा ३१ जना आप्रवासी सवार रहेको बुजीएको छ । घटनास्थलबाट भाग्न खोज्ने गाडीका चालकलाई स्थानीय अधिकारीहरूले समातेर हिरासतमा राखेका छन् ।

आठ करोडभन्दा बढी जनसङ्ख्या भएको टर्किएले ४० लाखभन्दा बढी शरणार्थीहरूलाई आप्रवासन सुविधा दिएको छ । केही आप्रवासीहरू वरपरको क्षेत्रको द्वन्द्वबाट भागेर टर्किएमा आउँछन् भने कोही टर्किबाट युरोप जाने उद्देश्यले आउँने गर्छन् ।

टर्कीको आन्तरिक मन्त्रालयले यस महिनाको सुरुमा सार्वजनिक गरेको जानकारी अनुसार हालसम्म सन् २०२२ मा २ लाख १९ हजार ४५५ अनियमित आप्रवासीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया