फाइनलअघि तेस्रो स्थानका लागि संघर्ष मोरक्कोलाइ इतिहास रच्ने मौका

काठमाडाैं । फिफा विश्वकप २०२२ अब अन्तिम खेलमा पुगेको छ । गत वर्षको च्याम्पियन फ्रान्स फेरी एकपटक फाइनलमा पुगेको छ भने महान फुटबलर लियोनल मेस्सीको अर्जेन्टिना पनि उनीहरुसँग प्रतिस्पर्धा गर्न तयार छ ।
फाइनल बाहेक यो विश्वकपमा कुन देस तेस्रो नम्बरमा रहन्छ त्यो पनि विशेष हुनेछ । तालिकाको तेस्रो उत्कृष्ट टिम बन्न क्रोएसिया आज मोरक्कोसँग भिड्दैछ । मोरक्को र क्रोएशिया बिच शनिबार तेस्रो स्थानका लागि राति ८:४५ मा खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।
यसअघि सेमिफाइनलमा पुगेर मोरक्कोले इतिहास रचेको छ । विश्वकपको अन्तिम चारमा पुग्ने यो पहिलो अफ्रिकी राष्ट्र हो । जहाँसम्म क्रोएसियाको कुरा छ, यो पछिल्लो पटकको उपविजेता हो । मोरक्को फ्रान्ससँग २–० ले पराजित भएपनि अरब राष्ट्रबाट सेमिफाइनल पुग्ने पहिलो देस बनेको थियो । यता क्रोएसियालीले यो खेललाई महत्वपूर्ण मानिरहेको छ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो ।
प्रतिक्रिया