विश्वकपमा गोल्डेन बुट जित्ने खेलाडी

काठमाडौं । फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ । यसैगरी दोस्रो स्थानमा हुनेले सिल्भर बुट तथा तेस्रो स्थानमा हुनेले ब्रोन्ज बुट प्राप्त गर्छन् ।
सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि मात्र विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिन थालिएको हो । त्यसअघिका विश्वकपमा सर्वाधिक गोलकर्तालाई अवार्डको व्यवस्था थिएन ।
सन् १९९२ मा पहिलो पटक इटलीका पाओलो रोसीले गोल्डेन बुट जितेका थिए जसले उक्त विश्वकपमा सर्वाधिक ६ गोल गरेका थिए । त्यसयता हरेक संस्करणमा सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट प्रदान गरिएको छ । १९८२ देखि एडिडास गोल्डेन शु को नाम प्रदान गर्न थालिएको अवार्ड एडिडास गोल्डेन बुटको रुपमा प्रदान गर्न थालिएको हो ।
गोल्डेन बुट जित्ने खेलाडी
२०१८ : ह्यारी केन , इंग्ल्याण्ड – ६ गोल
२०१४ : जेम्स रोड्रिगेज , कोलोम्बिया – ६ गोल
२०१० : थोमस मुलर , जर्मनी – ५ गोल
२००६ : मिरोस्लाभ क्लोज , जर्मनी – ५ गोल
२००२ : रोनाल्डो , ब्राजिल – ८ गोल
१९९८ : डेभोर सुकर (क्रोएसिया) र ह्रिस्टो स्टोइचकोभ , बुल्गेरिया – ६ गोल
१९९४ : ओलेग सालेन्को , रुस – ६ गोल
१९८९० : साल्भाडोर सिलाची , इटली – ६ गोल
१९८६ : ग्यारी लिनेकर , इंग्ल्याण्ड – ६ गोल
१९८२ : पाओलो रोसी , इटली – ६ गोल
प्रतिक्रिया