आइतबार, असार २२, २०८२

एघार वटा विश्वकप फाइनलका साक्षी

नेपालखोज २०७९ पुष ३ गते १३:०५

काठमाडौं । ब्राजिल फिफा विश्वकप-२०२२ को फाइनलमा पुग्न सकेन तर एकजना ब्राजिलियन फ्यान अर्जेन्टिना र फ्रान्सबीचको फाइनल हेर्न दोहा, कतार जाँदैछन् । उनले विश्वकपको फाइनल प्रत्यक्ष हेर्न लागेको यो पहिलो अबसर भने होइन । यसअघि उनि ११ पटक फिफा विश्वकपको साक्षी भैसकेका छन् । यो उनले हेर्न लागेको १२ औं बिश्वकप हो । ब्राजिलका यी ७५ वर्षीय पुरुषले यहि बिषयमा गिनिज वल्ड रेकर्ड समेत बनाएका छन् ।

ब्राजिलको साओ पाउलोको ताउबेटका बासिन्दा डेनियल स्ब्रुजीले आफ्नो जीवनमा अहिलेसम्म ११ वटा फिफा विश्वकप प्रत्यक्ष रुपमा हेरि सकेका छन् । डेनियल पहिलो पटक ४४ वर्षको उमेरमा अर्जेन्टिनामा सम्पन्न १९७८ को फिफा विश्वकपमा सहभागी भएका थिए । डेनियलले बिश्वकप हेर्ने सिलसिलामा सन् १९७८ देखि एक दर्जनभन्दा देशको भ्रमण पनि गरिसकेका छन् ।

गिनिज वल्ड रेकर्ड्सले जारी गरेको एक विज्ञप्तिमा अनुसार , “सबैभन्दा बढी फिफा विश्वकपको फाइनल हेर्ने कीर्तिमान डेनियलको नाममा छ। उनी ११ पटक (सन् १९८२ देखि) फिफा विश्वकपको साक्षी भएका छन्।”

प्रतिक्रिया