बिजेताले पउँदैनन असलि ट्रफी

काठमाडौं । फिफा विश्वकपको फाइनल खेल आज फ्रान्स र अर्जेन्टिनाबीच हुँदैछ । विजेताको ट्रफी दोहाको लुसेल रंगशालामा पुगिसकेको छ, जसका लागि आज दुवै टोली भिड्नेछन् । यो ट्रफी बाहेक, करोडौंको पुरस्कार राशि पनि छ, जुन विजेता टिमलाई दिइन्छ तर के तपाईलाई थाहा छ अहिले फिफा विश्वकपको ओरिजिनल ट्रफी विजेता टिमलाई प्रदान गरिदैन ।
२००५ मा एउटा नयाँ नियम बनाइएको थियो जस अन्तर्गत उपाधि जित्ने देसलाई मूल ट्रफी दिइँदैन। फाइनल जित्ने देसलाई छोटो समयका लागि मूल ट्रफी राख्ने अनुमति भए पनि त्यो तत्काल फिर्ता लिइन्छ। पुरस्कार समारोह पछि, विजेताले उक्त ट्रफी फिफा अधिकारीहरूलाई फिर्ता गर्नुपर्छ । त्यसको सट्टा उनिहरुलाइ डुप्लिकेट ट्रफी दिइन्छ, जुन ठ्याक्कै मूल जस्तै देखिन्छ । यसलाई रेप्लिका ट्रफी भनिन्छ ।
वास्तवमा यो ट्रफी (फिफा विश्वकप ट्रफी) दुई पटक चोरी भएको छ । एक पटक यो ट्रफी हराएपछि एउटा कुकुरले फेला पारेको थियो । ट्रफी एक ठाउँमा कागजमा बेरेर राखिएको थियो । सुरक्षाको हिसाबले रियल ट्रफीको सट्टा प्रतिकृति ट्रफी विजेता लाई प्रदान गरिन्छ । प्रतियोगिताको समयमा पनि प्रतिकृति ट्रफी राखिएको हुन्छ र फाइनलमा मात्र वास्तविक ट्रफी रंगशालामा ल्याइन्छ । विश्वकपको मूल ट्रफी स्विट्जरल्याण्डमा फिफाको मुख्यालयमा राखिएको हुन्छ ।
फाइनल खेलपछि विजेतालाई उत्सव मनाउनका लागि मात्र मूल ट्रफी दिइन्छ । यसको अर्थ आज फ्रान्स वा अर्जेन्टिनाले यो ट्रफी घर लान पाउने छैनन् । विजेतालाई दिइने डुप्लिकेट ट्रफी (प्रतिकृति) कांस्यबाट बनेको छ र यसमा सुनको परत लगाइएको छ ।
फिफा विश्वकपको मूल ट्रफी धेरैजसो फिफाको मुख्यालय जुरिचमै रहन्छ । यसलाइ फिफा विश्वकप यात्रा वा विश्वकप खेलको समयमा मात्र बाहिर निकालिन्छ । फुटबल विश्वकप सन् १९३० मा सुरु भएको थियो ।
त्यतिबेला विजेता टिमलाई दिइने ट्रफीको नाम जुल्स रिमेट ट्रफी थियो। जुल्स रिमेट ट्रफी १९७० सम्म च्याम्पियन टिमहरूलाई प्रदान गरिएको थियो। त्यसपछि विश्वकप ट्रफीलाई पुनः रिडिजाइन गरिएको थियो। नयाँ ट्रफी डिजाइन गर्ने जिम्मा इटालियन कलाकार सिल्भियो गजानियालाई दिइएको थियो । यो ट्रफी सन् १९७४ देखि प्रदान गर्न थालिएको हो, जसलाई फिफा विश्वकप ट्रफी भनिन्छ ।
प्रतिक्रिया