शनिबार, जेठ ४, २०८२

घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता

नेपालखोज २०७९ पुष ३ गते २०:४३

मनिला । फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । गलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको अग्निनियन्त्रक युजीन ब्रियोनेसले बताएका छन् ।

प्रारम्भिक अनुसन्धान उद्धृत गर्दै ब्रिओन्सले बताएअनुसार सो घरमा १० जनाको परिवार बसोबास गर्ने गरेको बुझिएको छ । उनकाअनुसार अग्नि नियन्त्रकहरूले बेपत्ता भएका अन्य तीन जनाको खोजी गरिरहेका छन्। आगलागी हुँदा उनीहरु घरबाहिर थिए वा थिएनन् भन्ने यकिन हुन सकेको छैन ।

आगो लाग्दा पीडितहरू निदाएकाले भाग्न नसकेको भएको ब्रिओन्सले बताएका छन् । गलागी के कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया