एमबाप्पेलाई गोल्डेन बुट

काठमाडाैं । फिफा विश्वकपमा केलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरे । उनले फाइनलमा ४ गोल गरे जसमा पेनाल्टी सुटआउट पनि समावेश छ तर, यो उनको कुल गोलमा समावेश हुँदैन । एमबाप्पेले यसपटकको विश्वकपमा मेस्सी लाई उछिन्दै गोल्डेन बुट माथि कब्जा गरे । यद्यपि उनको देसले उपाधि जित्न सकेन । फाइनलमा लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।
९० मिनेटको खेलमा अर्जेन्टिना र फ्रान्स बिच २–२ गोलको बराबरी थियो । अतिरिक्त समयमा मेस्सी र एमबाप्पेले एक – एक गोल गरे । यसरी खेल ३–३ को बराबरीमा टुंगियो । यो अर्जेन्टिनाको समग्रमा तेस्रो उपाधि हो । फाइनलमा मेस्सीले उत्कृष्ट खेल देखाए । खेलको २३ औं मिनेटमा मेस्सीले पेनाल्टीमा पहिलो गोल गरेका थिए । ३६ औं मिनेटमा डि मारियाले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । त्यसपछि एमबाप्पेले ८० औं मिनेटमा पेनाल्टी र ८१ औं मिनेटमा अर्को गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।
२३ वर्षीय केलियन एमबाप्पेले फिफा विश्वकप – २०२२ मा सर्वाधिक ८ गोल गरे । उनले क्वार्टरफाइनल र सेमिफाइनलमा कुनै गोल गर्न सकेका थिएनन् । समूह खेलको कुरा गर्दा एमबाप्पेले अस्ट्रेलियाविरुद्ध एक र डेनमार्कविरुद्ध दुई गोल गरेका थिए । ययी युवा फुटबलरले राउण्ड १६ को खेलमा पोल्याण्ड विरुद्ध २ गोल गरेका थिए । सन् २०१८ मा रसियामा भएको विश्वकपमा एमबाप्पेले ४ गोल गरेका थिए । उनी एन्टोइन ग्रिजम्यानसँग सबैभन्दा धेरै गोल गर्ने टिमको शीर्ष स्थानमा छन् ।
३५ वर्षीय लियोनल मेस्सीले यो बिश्वकपमा जम्मा ७ गोल गरेका छन् । फाइनल बाहेक उनले सेमिफाइनलमा क्रोएसियाविरुद्ध र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध एक गोल गरेका थिए। मेस्सीले राउण्ड १६ मा अस्ट्रेलियाविरुद्ध गोल गरेका थिए । समूह चरणको कुरा गर्दा, मेस्सीले साउदी अरेबियाविरुद्ध एक र मेक्सिकोविरुद्ध एक गोल गरेका थिए ।
प्रतिक्रिया