बिहीबार, जेठ २, २०८२

अर्जेन्टिनाका बारेमा तपाईंलाई के थाहा छ ?

नेपालखोज २०७९ पुष ४ गते १०:५०

काठमाडाैं । ल्याटिन देश अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको छ । ३६ वर्षपछि यो देशले फिफा विश्वकप जितेर इतिहास रचेको छ । तेस्रो पटक यो कप जित्ने अर्जेन्टिनाका बारेमा तपाईलाई कति थाहा छ ? यो ल्याटिन अमेरिकी देश कस्तो छ ? त्यहाँ के-कस्ता विशेष चीजहरू छन् ?

अर्जेन्टिना पहिले स्पेनको उपनिवेश थियो । त्यसकारण, त्यहाँ युरोपेली संस्कृतिको ठूलो छाप छ। अर्जेन्टिना दक्षिण अमेरिकाको दक्षिणी भागमा अवस्थित एक सुन्दर उष्णकटिबन्धिय देश हो। यो देशमा जम्मा २३ वटा प्रदेश छन् । यो दक्षिण अमेरिकाको दोस्रो ठूलो देश हो। अर्जेन्टिना प्रकृति प्रेमीहरूका लागि स्वर्ग मानिन्छ। यहाँको आधिकारिक भाषा स्पेनिश हो। यद्यपि अधिकांश मानिसहरू क्यास्टिलियन स्पेनिश बोल्छन्, स्पेनिश जस्तै भाषा । यहाँ अंग्रेजी, इटालियन, जर्मन, अरबी आदि पनि बोलिन्छ। यहाँ बसोबास गर्ने रोमन क्याथोलिकहरू सामान्यतया ईसाई धर्ममा विश्वास गर्छन् ।

अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स हो। जसको जनसंख्या २८ लाखको हाराहारीमा छ । यहाँ ९७ प्रतिशत जनसंख्या युरोपियनहरूको छ। यो देश ४० वर्षसम्म स्पेनको अधीनमा रह्यो र यहाँका जनता स्वतन्त्रताको लागि उत्कटताका साथ लडे र ०९ जुलाई १८१६ मा स्वतन्त्रता प्राप्त गरे ।

स्वतन्त्रताको ४४ वर्ष पछि, यो देशको नाम अर्जेन्टिना राखियो, यो ल्याटिन शब्द हो, जसको अर्थ चाँदी हुन्छ , चाँदी जस्तै चम्किलो । यद्यपि राजनीतिक रूपमा यो देश विगत दुई–तीन दशकदेखि निकै अस्थिर छ । सन् २००१ मा यहाँ ५ पटक राष्ट्रपति परिवर्तन भएका थिए । यहाँको झण्डामा दुईवटा नीलो पट्टीको बीचमा सेतो पट्टी छ, जसमा पहेंलो सुर्य छ। अर्जेन्टिनालाई आप्रवासीहरूको देश पनि मानिन्छ। लगभग ६.६ मिलियन मानिस यहाँ १९ औं शताब्दीको अन्त्य तथा २० औं शताब्दीको शुरुमा आएर बसोबास गर्न थाले जसमा अधिकांश स्पेन तथा इटालीबाट आएका थिए । प्राकृतिक सौन्दर्यका कारण यहाँ फ्रान्स, जर्मन, ग्रेट ब्रिटेनबाट पनि धेरै मानिसहरू आएर बसोबास गर्न थाले । त्यसैले यहाँको रहनसहन, खानपिन तथा पहिरनमा युरोपेली संस्कृतिको झलक पाइन्छ ।

यो देशका सबै जनता साक्षर छन् । यसलाई विश्वको उच्च सुशिक्षित देशहरू मध्ये एक मानिन्छ। सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिइन्छ तर विद्यालयमा अध्ययनरत विद्यार्थीले किताब र शिक्षासँग सम्बन्धित सामग्री आफैं किन्नुपर्छ । यहाँको सबैभन्दा लोकप्रिय कुरा भनेकै फुटबल हो । यहाँ बालबालिकादेखि युवासम्म सबैले फुटबल खेल्छन् । यहाँका गल्ली र मैदानमा मानिसहरु बिहानदेखि साँझसम्म यो खेल खेलिरहेका हुन्छन् ।

अर्जेन्टिनाका मानिसहरू हरेक दिन दिउँसोको खाना खाएपछि आराम गर्न मन पराउँछन्, त्यसैले दिउँसोको एक समयमा अर्जेन्टिना ठप्प भएजस्तो देखिन्छ । त्यति बेला अर्जेन्टिनाका बजार, विद्यालय एवं कार्यालयहरू सबै बन्द हुन्छन् ।

परिवार, शिक्षा, व्यक्तिगत सम्बन्ध र समृद्धि अर्जेन्टिनाका मानिसहरूको संस्कृतिमा गहिरो रूपमा सम्मिलित छन् । मित्रता र ज्येष्ठ नागरिकको सम्मान गर्नु सम्पूर्ण देशवासीको महत्वपूर्ण कर्तव्य मानिन्छ । अर्जेन्टिनाका मानिसहरू नाच्न मन पराउँछन्। धेरैजसो मानिसहरू रमाइलोका साथ बलरूम नृत्य गर्छन्। विश्व प्रसिद्ध ट्याङ्गो नृत्य यही ठाउँको हो। यो नृत्य अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सबाट शुरु भएको मानिन्छ । यहाँका परिवार अन्य देशहरुका भन्दा साना छन् । पूर्ण परिवारमा एक वा दुई बच्चा , आमाबाबु र हजुरबा हजुरआमा हुन सक्छन् । यहाँका मानिसहरू निक फेसनेबल छन् ।

कस्मेटिक शल्यक्रियाका लागि संसारभरका मानिसहरु आउने गरेकाले अर्जेन्टिनामा कस्मेटिक सर्जरी टुरिजम पनि फस्टाएको छ । अर्जेन्टिनामा ३० जना मध्ये एकजनाले कस्मेटिक सर्जरी गराउँछन् । यहाँ सुन्दर देखिन महिला हुन वा पुरुष दुवैले कडा डाइटिङ गर्छन् जसका कारण मानिसहरु खानाको अभावमा एनोक्सरिया रोगबाट ग्रस्त छन् । यसलाई आत्म-भोकमरी पनि भनिन्छ। विश्वमा यो रोग धेरैजसो जापान र त्यसपछि अर्जेन्टिनामा पाइन्छ ।

प्रतिक्रिया