डिजिटल अर्थतन्त्रको विकासमा चीन

नेपालखोज २०७९ पुष ४ गते १७:१५

काठमाडौं । चीनमा हालै आयोजित केन्द्रिय आर्थिक कार्य सम्मेलनले डिजिटल अर्थतन्त्रको विकास गरेर व्यवसाय निगरानी स्तरलाई उकासी मुख्य उद्योगको विकास गर्नुका साथै थप रोजगारीको सिर्जना गरी गर्नुपर्ने औँल्याएको छ। विश्व व्यवसायको बनौट र व्यवस्थापन परिवर्तन गर्ने क्रममा उत्पन्न भएको मौकालाई समातेर नयाँ विकास गर्नुपर्ने पनि सम्मेलनमा बताइएको थियो ।

तथ्याङ्क अनुसारसन् २०१२ देखि २०२१ सम्म चीनको डिजिटल अर्थतन्त्र ११० खर्बबाट ४५० खर्ब चिनियाँ युआन पुगेको छ । डिजिटल अर्थतन्त्रले जीडीपीमा ओगटेको अनुपात २१।६ प्रतिशतबाट ३९।८ प्रतिशतसम्म वृद्धि भएको छ।

यसका साथै चीनले सक्रिय रूपमा द्वीपक्षीय बहुपक्षीय डिजिटल सुशासन र सहयोग गर्दै विश्व डिजिटल सुशासनमा भूमिका निर्वाह गरेको छ। सन् २०१६ मा जी २० को तत्कालीन अध्यक्ष मुलुकका रूपमा चीनले २० वटा मुलुकको डिजिटल आर्थिक विकास र सहयोग प्रस्ताव तय गरेको थियो।

प्रतिक्रिया