प्रदेश १, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं । हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराइका थोरै भू-भागमा हुसुरकुहिरो रहेको विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ तथा प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
प्रदेश १ का पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया