केलियन एमबाप्पे : फुटबलका क्रेजि स्टारको कथा

काठमाडाैं । धेरै हिसाबले अबको फुटबल संसार केलियन एमबाप्पेको खुट्टामा छ। आइतवार सम्पन्न विश्वकप-२०२२ को फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भए पनि फ्रान्सका लागि ह्याट्रिक गर्ने केलियन एम्बाप्पे विश्वभर चर्चाको केन्द्रमा छन् । धेरै फुटबल सुपरस्टारहरूले २३ वर्षीय एमबाप्पेको यो कामको ईर्ष्या मात्र गर्न सक्छन्। विश्वकपको फाइनलमा ह्याट्रिक गर्नु कुनै पनि खेलाडीका लागि सपना हुन सक्छ । एमबाप्पेले त्यहि सपना साकार गरेका छन् । यदि उनको देस फ्रान्सले उक्त फाइनल जितेको भए त्यो सुनमा सुगन्ध हुनेथीयो ।
त्यसोभए एमबाप्पेको कथा के हो त ?
फुटबलका प्रति उनको क्रेज बुझ्न उनको बाल्यकाल तर्फ नै फर्कनु पर्ने हुन्छ । फ्रान्सको दश नम्बरको जर्सी लगाउने एम्बाप्पे पेरिसको उत्तरमा अवस्थित सानो सहर बोन्डीमा जन्मिएका थिए। उनी बाहेक उनको परिबारमा एम्बाप्पेका बुबा विल्फ्रेड, आमा फैजा तथा उनिहरुकि धर्मपुत्री केम्बो इकोको मात्र जिबित छन् । यो परिवार बन्डी फुटबल क्लबको घरेलु मैदानको छेउमा बस्थ्यो । एम्बाप्पेले फुटबल मैदानमा पुग्ने बाटो मात्र पार गर्नुपरेको थियो । उनी आफ्ना साथीहरूसँग घण्टौं फुटबल खेल्थे ।
हरेक पल परिवारको समर्थन
उनका बुबा विल्फ्रेड स्थानीय क्लबहरूसँग सम्बन्धित थिए । उनले धेरै टिमलाई प्रशिक्षक पनि दिएका छन् । त्यो क्षेत्रमा उनको विशेष सम्मान थियो । पेरिसका फुटबल क्लबहरूमा पनि उनको राम्रो प्रतिष्ठा थियो। तिनै विल्फ्रेडका छोरा एमबाप्पेलाई फुटबलबाहेक अरू केही मन पर्दैनथ्यो। उनी आफ्नो बुबाको वरिपरि घुम्थे र आफ्नो बुबाले प्रशिक्षण दिने टिममा फुटबल खेल्थे।
घरका सबै कुरा पनि फुटबलको वरिपरि नै घुम्ने गर्दथे, चाहे त्यो टिभीमा म्याच हेर्ने होस्, घरमा बसेर गफ गर्ने बिषय होस, साथीहरूसँग म्याच खेल्ने कुरा होस् वा स्कुलको फुटबल टिमबाट खेल्ने कुरा नै किन नहोस् । एमबाप्पेको हरेक सासमा फुटबल थियो। उनको कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको पोस्टर टाँसिएको थियो । एमबाप्पेले रोनाल्डोलाई आफ्नो आदर्श मानेका थिए । एमबाप्पे प्रति फुटबलकि देबिको वरदान छ भन्ने कुरा सुरुदेखि नै स्पष्ट थियो ।
चाँडै नै उनको सीपको चर्चा पेरिसभर फैलिन थाल्यो । प्रत्येक फ्रान्सेली क्लब तथा धेरै प्रमुख युरोपेली टिम उनी प्रति आकर्षित थिए भने एमबाप्पे आफ्नो योजनामा काम गरिरहेका थिए । परिवार पनि किलियनलाई थप केही वर्ष फ्रान्समा राख्न चाहन्थ्यो । यद्यपि, अन्तर्राष्ट्रिय एक्सपोजरलाई अस्वीकार गर्न सजिलो थिएन । त्यसैले अन्ततः परिवारले ११ वर्षीय एमबाप्पेका लागि इंग्ल्याण्डको चेल्सी क्लबको प्रस्ताव स्वीकार गर्यो। चेल्सीले एक साताको प्रशिक्षणका लागि किलियनलाई साथमा लिएको थियो । त्यस पछि, किलियनले १२ वर्षको उमेरमा रियल म्याड्रिडसँग पनि एक हप्ता बिताए । युरोपका यी दुवै ठूला क्लबले किलियनका आमाबुवालाई लामो संझौताका लागि मनाउने प्रयास गरे तर उनीहरू न त आफ्नो छोरालाई लन्डन पठाउन चाहन्थे न त म्याड्रिड। यता यी क्लबहरू भनेजस्तो मूल्य तिर्न तयार थिए । प्रत्येक क्लब एमबाप्पेलाई आफ्नो क्लबमा सामेल गर्न चाहन्थे तर परिवार आफ्नो आँखाको तारालाई आफ्नै आँखा अगाडि राखेर उनको परीक्षण गर्न चाहन्थ्यो । यद्यपि जहाँ गए पनि एमबाप्पे उत्कृष्ट साबित भए । उनी पेरिसको एलिट एकेडेमी क्लेयरफोन्टेमा पनि उत्कृष्ट खेलाडी साबित भए।
१३ वर्षका सयौं खेलाडीबाट छनोट गरिएका खेलाडीहरूले यो प्रसिद्ध एकेडेमीमा दुई वर्ष बिताउँछन् । त्यसक्रममा सप्ताहन्तमा साना क्लबहरूसँग उनिहरुको प्रतिस्पर्धा गराइन्थ्यो । कहिलेकाहीँ व्यावसायिक क्लबहरू पनि त्यहाँ पुग्थे । यदि कुनै खेलाडीलाई ती व्यावसायिक क्लबले मन पराए भने खेलाडिको करियर सुध्रिन्थ्यो । उक्त एकेडेमीमा एमबाप्पेको प्रतिभा देखेर धेरै क्लबले उनलाई पछ्याए तर, पूरा दुई वर्ष एकेडेमीमा बिताएपछि मात्र अर्को कदमका सम्बन्धमा निर्णय गर्ने उनको मनसाय थियो । सेन क्लब एक पटक एमबाप्पे उनीहरूको क्लबमा आउँदैछन भन्ने कुरामा ढुक्क थियोे तर अन्तिम क्षणमा उनले मोनाको रोजे । मोनाकोले उनलाई चाँडै मुख्य टिममा खेलाउने वाचा गरेको थियो । १५ वर्षीय एमबाप्पेलाई अरु के चाहियो ? फुटबलका लागि उनको समर्पण सीमा भन्दा बाहिर थियो। मोनाकोमा , उनी युवा टिममा समावेश हुन थाले । यद्यपि उनको सपना आफ्नो आइडल अर्थात् रोनाल्डो जस्तै च्याम्पियन्स लिग खेल्ने थियो ।
एमबाप्पेको ठूलो सफलता लाई बुझ्न, उनको परिवार लाई बुझ्न आवश्यक छ । सम्पूर्ण परिवार सधैं उनको साथ थियो । जब एमबाप्पे मोनाको गए, घरका सबै सदस्य पनि उतै लागे । उत्कृष्ट खेल खेलेर पनि मोनाकोको सिनियर टिममा मौका नपाएपछि उनले त्यसको कडा विरोध गरे । अन्ततः डिसेम्बर २०१५ मा मोनाको फुटबल क्लबका प्रशिक्षक लियोनार्डो जार्डिमले एमबाप्पेलाई मौका दिए । मोनाकोका लागि १६ वर्ष ३ सय ४७ दिनको उमेरमा खेल्दै उनले थोर्नी हेनरीको सबैभन्दा कान्छो क्लब खेलाडीको कीर्तिमान तोडे । चाँडै उनले मोनाको क्लबका लागि सबैभन्दा कान्छो गोलकर्ता बन्ने कीर्तिमान पनि बनाए।
त्यसपछि उनलाई कसैले रोक्न सकेन । एमबाप्पेले १८ वर्ष ९५ दिनको उमेरमा १५ मार्च २०१७ मा पहिलो पटक फ्रान्सको राष्ट्रिय टिमबाट खेल्ने मौका पाए । आफ्नो दोस्रो खेलमा एमबाप्पेले देसका लागि पहिलो गोल गरेका थिए । त्यसपछि उनलाई युरोपका सबै क्लबमा अनुबन्ध गर्ने प्रतिस्पर्धा भयो । रियल मेड्रिडले एमबाप्पेलाई आफूसँग जोड्न सक्दो प्रयास गरेको थियो । क्लबले धेरै ट्रायलहरू गरायो, मैत्रीपूर्ण खेल खेलायो, जिदान र रोनाल्डो सँग एमबाप्पेको परिचय गरायो । क्लबले उनलाई आकर्षक प्रस्तावहरू दियो तर त्यसले केही काम गरेन।
अन्तमा, एमबाप्पेले फ्रान्सको प्रसिद्ध क्लब पीएसजी रोजे । १३० मिलियन युरोको सम्झौतापछि पीएसजीले पाँचमध्ये चार लिग वन उपाधि जितेको छ र उनीहरू भन्छन्-अब बाँकीको कुरा इतिहासको जिम्मा हो।
प्रतिक्रिया