शनिबार, जेठ ५, २०८१

वृश्चिक राशिका लागि वर्ष – २०२३ कस्तो रहनेछ ?

नेपालखोज २०७९ पुष ७ गते ५:००

वर्षको सुरुमा केही कठिन समय आउनेछ तर यो निकै छोटो समयका लागि हो । त्यसपछि यो वर्ष पूर्णतया तपाईको हातमा हुनेछ र यसले जीवनको हरेक पक्षमा तपाईको पक्षमा काम गर्नेछ । तपाईंले कुनै कुरामा जति धेरै प्रयास गर्नुभयो, त्यति नै महत्त्वपूर्ण नतिजा प्राप्त गर्नुहुनेछ । यदि तपाईंले कुनै कुरालाई छोड्नुभयो भने, प्रतिकूलताको सामना गर्नुपर्नेछ । त्यसैले यो वर्ष राम्रो बनाउने वा बिगार्ने तपाईंकै हातमा छ ।

पारिवारिक जीवन : परिवारको सहयोगले अपेक्षा गरेअनुरूपको सफलता पाइएला । परिबारमा केही असहज अवस्था समेत आउन सक्छ तर जुनदेखि परिस्थितिमा सुधार हुनेछ । नोकरी तथा व्यापार : व्यापारमा द्रुत गतिमा अघि बढनेछ । सुनौला अवसरहरु जुटनेछन । अप्रिल पछि बेरोजगारहरुले काम फेला पार्न सक्छन् । वैवाहिक स्थिति : मंगलको सातौं भावले गर्दा माघ महिनामा वैवाहिक जीवनमा केही तनाव रहन सक्छ । यती बेला श्रीमान -श्रीमतीले एक-अर्काको भावनाको कदर गर्नुपर्नेछ ।

प्रेम जीवन : यो राशिका प्रेमीहरूले विवाहमा हतार नगरी आफ्नो सम्बन्धलाई समय दिनु पर्नेछ । वर्षको सुरुमा केही सावधानी अपनाउनु होला ।

स्वास्थ्य स्थिति : यो वर्ष स्वास्थ्यसँग सम्बन्धित मिश्रित नतिजा प्राप्त हुनेछन्।स्वास्थ्यमा सुधार हुनुका साथै पेटसम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। शिक्षा तथा करियर : यो राशिका विद्यार्थीहरूले विदेश जाने अवसर प्राप्त गर्न सक्छन् ।

धन – सम्पत्ति : वर्ष २०२३ मा धनको हिसाबले मिश्रित परिणाम प्राप्त हुनेछ । विशेषगरी वर्षको शुरुमा खर्च बढ्नेछ । वर्ष – २०२३ मा तपाईको जीवनमा राम्रो सँग बित्नेछ । केहि कठिनाइहरू आए पनि सजिलै पार गर्न सकिनेछ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया