पहाडी भू-भागमा आंशिक बदली रहने
नेपालखोज
२०७९ पुष ७ गते ६:३८

काठमाडौं । हाल नेपालको पूर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सुरकुहिरो रहेको विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, आज राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया