पूर्वराजा ज्ञानेन्द्र शाहको निजि दौडाहा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित अहिले मधेस तिरको भ्रमणमा छन । शाह राजाहरु काठमाडौंमा जाडो बढेपछि तराइ झर्ने यो पुरानै चलन हो । पूर्वराजा ज्ञानेन्द्र निर्वाचन सम्पन्न भए लगत्तै निजी भ्रमणका सिलसिलामा मंसिर ६ गते पूर्वरानी कोमल , छोरी प्रेरणा लाई लिएर झापा झरेका थिए ।
यो भ्रमणलाइ निजी भनिए पनि पूर्वराजा शाहले पहिले-पहिले जस्तै केही राजनीतिक भेटघाटसमेत गरेको बताइन्छ । झापा भ्रमणलगत्तै ज्ञानेन्द्र आज पुस ७ गते जनकपुर भ्रमणमा निस्किएका छन । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रको सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेको थियो ।
त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग छलफलपछि जनकपुर भ्रमण तय भएको हो । जनकपुरमा उनी होटल सोल्टीमा बस्ने कार्यक्रम छ । जनकपुरमा उनले परिबार सहित राम जानकी मन्दिर दर्शन गरी विशेष पूजा गर्ने कार्यक्रम तय गरिएको बताइन्छ ।
चार दिनको जनकपुर बसाइपछि पूर्व राजपरिवारका सदस्यहरु पुस १० गते चितवन जाने कार्यक्रम छ । उनिहरुले चितवनमै सपरिवार क्रिसमस डे सेलिब्रेट गर्ने सुत्रहरु बताउँछन् । चितवनमा पूर्व युवराज्ञी हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाती हृदयन्द्रलगायतका आफन्तहरु पनि पुग्ने कार्यक्रम छ ।
चितवनपछि उनीहरू सिमरा भ्रमणमा निस्कने छन। सिमरापछि काठमाडौं फर्कने वा फेरि झापा नै गएर अंग्रेजी नयाँ वर्ष मनाउने भन्ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन ।

प्रतिक्रिया