राप्रपा केन्द्रीय समितिमा रवीन्द्र मिश्र पक्षधरहरु थपिए

नेपालखोज २०७९ पुष ७ गते १४:००

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिमा रविन्द्र मिश्र समूहबाट ४० जनालाई स्थान दिइएको छ । केन्द्रीय समितिमा परेकामध्ये मिश्र पक्षबाट शरदराज पाठकले महामन्त्री पद प्राप्त गरेका छन् । एकीकृत हुनु अघि राप्रपामा धवल शमशेर जबरा, भुवन पाठक, कुन्ती कुमारी शाही, प्रह्लाद साह र राजेन्द्र गुरुङ महामन्त्री छन् । अब पाठक थपिएपछि राप्रपामा महामन्त्रीको संख्या ६ पुगेको छ ।

मिश्र २०७९ असोज १२ गते राप्रपामा प्रवेश गरेका थिए । मिश्रले राप्रपामा वरिष्ठ उपाध्यक्ष पद पाए पनि उनको पक्षबाट अरु कसैलाइ जिम्मेवारी दिइएको थिएन ।

अब भने ४० जनालाई केन्द्रीय समितिमा स्थान दिइएको र थप ५ जनालाई छिट्टै मनोनयन गरिने महामन्त्रीको जिम्मेवारी पाएका पाठकले जानकारी दिए । अब प्रदेश, जिल्ला र अन्य तहगत समायोजनको कार्य शुरू गरिने उनले बताए ।

कसले के–के जिम्मेवारी पाए ?
वरिष्ठ उपाध्यक्ष : रवीन्द्र मिश्र
केन्द्रीय कार्य सम्पादन समिति : निरूपमा यादव, शरदराज पाठक शोभा शाक्य, अनुपमान सैंजु, नारायण कोइराला,कर्ण बहादुर शाही तथा रवीन्द्र मिश्र ।
महामन्त्री : शरदराज पाठक
सहमहामन्त्री : उज्ज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनी

सहायक महामन्त्री : सौरेन्द्र बहादुर शाह तथा हरिकृष्ण अधिकारी

केन्द्रीय सदस्य स् रञ्जन कार्की, शान्ता गिरी, अर्जुन प्रसाद खनाल, हरिप्रसाद गौतम, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीपक प्रसाद उप्रेती, संगीता श्रेष्ठ उद्धव प्रसाद भेटवाल, मधुसुदन केसी, रोशन शिवाकोटी, लक्ष्मण राज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, लक्ष्मी घिमिरे, बसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी केसी तथा राजु बस्याल ।

प्रतिक्रिया