सोमबार, वैशाख २४, २०८१

एक अर्ब ११ करोडको सेयर किनबेच

नेपालखोज २०७९ पुष ७ गते १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेर नैंरोकिएको छ । अघिल्लो दिन झण्डै ६ अंकले घटेको नेप्से आज शून्य दशमलव शून्य एक अंकले घटेर १८ सय ६७ दशमलव २१ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव ७२ अंकले बढेर तीन सय ६७ दशमलव ६ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ४७ वटा कम्पनीहरुको २३ हजार ५४ पटकको कारोबारमा ३१ लाख ११ हजार आठ सय ३३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ११ करोड ९७ लाख ९७ हजार नौं सय २१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा तीन वटा समूहहरुको सूचक बढेर बाँकी १० वटा समूहहरुको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक सुमहको सूचक एक दशमलव ३८ अंकले बढेर १२ सय ७६ दशमलव ८७ अंकमा चढेकोमा सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि सामान्य अंकले बढेका छन् ।

बिकास बैंक समूहको सूचक भने १७ दशमलव नौ अंकले घटेर तीन हजार दुई सय ६३ दशमलव ३७ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि ११ दशमलव ७५ अंकले घटेर १९ सय ३९ दशमलव २१ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ३७ दशमलव ५४ अंकले घटेर नौं हजार ६२ दशमलव ६६ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि २१ दशमलव ६२ अंकले घटेर सात हजार तीन सय ९५ दशमलव ३८ अंकमा झरेको छ । यि बाहेक फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र टे«डिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज सिर्जनशील लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १२ सय पाँच रुपैयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ७० प्रतिशतले घटेर १५ सय ३० रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता नौं सय ५३ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ९९ लाख ५० हजार तीन सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया